प्रचण्ड र माधव नपालले आफ्नो समूहका केन्द्रीय नेताहरुलाई तयारी अवस्थामा रहन भने
Saturday, February 20, 2021
National Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यहरुलाई आज दिउँसो नागरिकतासहित उपस्थित हुन भनिएपछि हतारिदै पुगे । उनीहरु निर्वाचन आयोगसम्म जानुपर्ने अवस्था आउने भनिएको थियो । तर, आज पछिल्लो राजनीतिक घटनाक्रम र सम्भावनाबारे गम्भीर समिक्षा भयो ।
माधव नेपालले पनि कुनै हालतमा अहिलेको संघर्ष जित्नुपर्ने बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना नै बटमलाइन हुने बताए । अदालतको फैसला संसद पुनःस्थापना हुने गरी आउनुपर्नेमा उनको जोड थियो । तर, त्यस विपरित आएमा नयाँ घटना विकास हुनसक्नेतर्फ समेत संकेत गरे ।
विभिन्न भ्रम र प्रलोभन पारेर ओलीले केहीलाई आफ्नो पक्षमा लगेको तर उनीहरु पनि फर्किएर आउने बताए । उनले वामदेव पनि आफूहरुकै समूहमा आउने बताए । ओलीको भ्रमबाट सबै मुक्त हुँदै गएको सुनाए । विगतमा आफूहरुलाई पनि भ्रममा अलमलाएको उनको भनाई थियो ।-