आयुष दाहाल, काठमाडौं
काठमाडौं, वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र रोजगारीलाई सँगसँगै बढाउनुपर्ने बाध्यता र सकेसम्म पढाइको अवधिमा कमाइएको धेरथोर रकम स्वदेश पनि पढाउनुपर्ने दबाबका कारण विद्यार्थीहरू यी सबै समस्यालाई सहज रूपमा पार गराउन सहयोगी हुने मुलुक र ती मुलुकका क्याम्पस तथा विश्वविद्यालयको खोजीमा छन् । विद्याथीको यो चाहनालाई पूरा गर्न शैक्षिक परामर्शदाता संस्थाहरूले पनि महत्वपुर्ण भुमिका खेलेको हुन्छ । राम्रो शैक्षिक परामर्शदाता संस्थाहरू बाट नै विद्यार्थीहरु ठगिन बाट जोगिने र राम्रो राम्रो क्याम्पस तथा विश्वविद्यालयमा अध्यन गर्ने पाउने हुन्छन् ।
यति बेला काठमाडौंको नयाँ बानेश्वरमा रहेको मेरिट नेपाल एजुकेशनल सर्भिसेज प्रा.लि पनि नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने सफल भएको छ । शिक्षा मन्त्रालयको स्वकृती लिएर आज भन्दा चार वर्ष अगाडि बाट संचालन भएको मेरिट नेपाल एजुकेशनल सर्भिसेज प्रा.लिको हाल अस्टेलियामा पनि ४ वटा अफिस संचालन गरी आफ्ना विद्यार्थीहरु लाई सेवा दिदै आएको छ । यस मेरिट नेपालले विद्यार्थीको रोजाइमा परेको अस्टेलियामा अब्बल ठहरिएका विश्वविद्यालय तथा कलेजहरू मात्र विद्यार्थी पठाउने गरेको छ ।
त्यसो त त्यतिबेला विदेशको पढाइ स्वदेशको पढाइमा अब्बल भएका र आर्थिक हैसियत राम्रो भएका विद्यार्थीका लागि मात्रै हो भन्ने आमबुझाइ थियो। तर पछिल्ला वर्षमा यो ट्रेन्ड बदलिएको छ। मेरिट नेपालले सम्पन्न परिवारदेखि मध्यम वर्गका विद्यार्थीलाई पनि सहज रूपमा प्रवेशाज्ञा भिसा पाइने हुनाले यसतर्फ विद्यार्थी आकर्षण बढ्न थालेकोले पनि उचित परामर्श र मध्यम वर्गका विद्यार्थीलाई पनि सहजै बिदेश पठाउने गरेको छ । मेरिट नेपाल एजुकेशनल सर्भिसेज प्रा ली ले आइलटिएस र पिटिइ को कक्षा संचालन गरि आफ्ना विद्यार्थीहरु लाई उचित शिक्षा र परामर्श दिदै आएको छ । तीमध्ये सबैभन्दा धेरै अस्ट्रेलियाका लागि छन् भने यस संस्थाले अन्य युरोप देशको लागी पनि काम गदै आएको छ ।