Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

तेजस रेग्मीको ‘मलाई भन अरुलाई भन्दिन…’ चौतर्फी चर्चा (भिडिओ )

Tuesday, February 2, 2021 National Power

काठमाडौँ – चर्चित गायक तथा संगीतकार तेजस रेग्मीको आवाजमा लोकदोहोरी गीत मलाई भन अरुलाई भन्दिन रिलिज भएको केहि दिनमा नै सर्बत्र चर्चा बटुल्न सफल भएको छ ।

गीतमा गायक तेजस रेग्मीलाई राजु कंडेल र गायिका रिना केसीले साथ् दिएका छन् । छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतको शब्द, संगीत गायक स्योयम् रेग्मीले गरेका हुन् ।

योगेश काजीको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मीको आफ्नै अफिसियल युटुब च्यानल टि आर सिरिजबाट सार्बजनिक गरिएको हो ।

गीतको भिडिओमा मोडल दुर्गेश थापा, तेजस रेग्मी, अर्जुन गौतम, दिपाषा बिसी, गरिमा शर्मा र अस्मिता जुरेलीको दमदार अभिनय देख्न सकिन्छ ।