Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने महानगरको चेतावनीपछि चितवनमा सुरक्षा व्यवस्था कडा

Saturday, January 30, 2021 National Power

काठमाडौं- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष केपी शर्मा ओलीले शिल्यान्यास गर्ने विकास आयोजनाको कार्यक्रम विथोल्ने चेतावनी दिएपछि चितवनको सुरक्षा व्यवस्था मजबुद बनाईएको छ । भरतपुर निर्माण भइरहेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज चितवन जाँदैछन् ।

भरतपुर महानगरपालिका–१० मा रहेको चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम संघीय सरकारको बजेटबाट सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् भइरहेको छ। प्रधानमन्त्री जाने भएपछि आज बिहानैबाट जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। भरतपुरका मुख्य सडकहरूमा ठूलो संख्यामा सुुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रधानमन्त्रीले शिलान्यासको बहानामा राज्यशक्ति, स्रोत र साधनको दुरूपयोग गर्दै जनसभा गर्न लागेको भन्दै नेकपा दाहाल–नेपाल समूहले विरोध गरेको छ। चितवनबाट प्राप्त जानकारीअनुसार कार्यक्रमस्थलमा नेपाल प्रहरीका ७ सय जना, सशस्त्र प्रहरीका ४ सय ५० जना र करिब ५० जना नेपाली सेना खटिएका छन् ।