Thursday 6th May 2021

    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन    कैलालीमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ    संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात    काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ

संसद विघटन अभिषाप कि बरदान ?

Wednesday, January 27, 2021 National Power


काठमाण्डौ – मुलकमा विद्यमान राजनितिक अस्थिरतालाई स्थीर बनाउने शक्तिको उदय भएको सम्पुर्ण नेपाली जनताहरुले अनुभव गरिसकेका थिए जव प्रधानमन्त्री केपी शर्मा ओलीले डटेरै भए पनि नेपालको नक्शा सार्वजनिक गरे । विभिन्न बाधा व्यवधानका विच पनि उनि अटल रहे नाका बन्दी देखी लोक प्रियता कमाई रहेका थिए । जे सुकै भए पनि राष्ट्र घाती होईनन् राष्ट्रबादीका रुपमा उदाउदै थिए । झन एमाले र मावबादी देशका दुई ठुला कम्युनिष्ट शक्तिहरुको गठबन्धनले त अव देशमा कायापलट हुन्छ अव देशले केही प्रगती गर्छ भन्दै जनताहरु चुप लागे । पर्खाईमा बखे । आज भन्दा भोली भोली भन्दा पर्सी हुदै गयो नेकपा भित्रका अनेकन विवादहरु कहि भ्रष्टाचारमा लिप्त भएका कहि बलात्कार कहि हत्या हिंसा चोरी डकैती जति पनि अपराधहरु बढ्दै गए नेकपाकै संरक्षणमा लुके । माओवादीलाई एमालेमा विलय भएपछि पालै पालो सरकार चलाउने सर्तहरु पनि भए तर सायद आफुसक्तामा हुन्जेल कोही नबोल्ने जे पनि गर्न पाउने यहि चुप चापमा आज संसद विघटन भयो यहाँ सम्म आई प’दा पनि खै के हेरि बसेका छन् कुन्नी नेपाली जनताहरु ।
बहुमतको सरकार बनाएर सक्तमा पर्याउने जनताको मतलाई आज केपी शर्मा ओलीले लात हानेकै हुन कि संसद विघटन नेपालका लागी बरदान सावित हुन्छ? यसको जवाफ त समयले पक्कै दिने छ ।

बहुमतको सरकार अथवा दुई तिहाईको सरकारको दम्भ देखाउदै आएको नेकपा भित्र झण्डै एकिकरण भएको कही समय देखी नै विवादका विवाद भित्र रुमलिएको थियो । एकिकरण भए देखी नै यदि पुर्व एमाले र पुर्व माओवादीहरुले एक अर्कालाई स्वीकार गर्न सकेका थिएनन् । पार्टीको टाउको देखावटीको रुपमा जोडिए पनि जनस्तरमा पुर्व माओवादी र पुर्व एमाले भन्दै विभेद हुने गरेको थियो । प्रचण्ड र ओलीका विचमा पनि सम्बन्ध सुमधुर कहिल्यै हुन सकेनन् । एकातिर ओली आफ्नै शासन चलाउन सुरु गरे भने अर्को तिर प्रचण्ड पनि ओलीको निर्णको विपरित हुदै गए ।
हिंस्रक संरचना र चिन्तन बोकेको माओवादी पार्टीसंग एीककरण गर्दा एमालेले आफ्नो चिन्तन सिद्धान्त सबै गुमाउनुपर्यो । यसरी दुई फरक पृष्ठभूमि, परस्पर विरोधी राजनीतिक कार्यदिशा र भिन्न आदर्श अवलम्वन गरेका दुई दल एकिकरणको मुख्य उद्देश्य निर्वाचनको माध्यमबाट वैधानिक रुपले सत्ता कब्जा गर्नु थियो । तर सत्ता कब्जा पश्चात आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको माध्यमबाट देशलाई समृद्ध बनाउने दिर्घकालिन योजना नेकपासँग भएन । साथै नेकपाभित्र जबसम्म पद, प्रतिष्ठा, भागबण्डा र अवसरको सन्तुलन थियो, तबसम्म खासै समस्या थिएन । तर जव मन्त्री देखी स्थानिय स्तर सम्म भागबण्डा र कित्ताकाट हुन थाल्यो तव पार्टि विखण्डन तिर जान थाल्यो ।

कर्णली प्रदेशका मुख्यमन्त्रीले जनताको भावना विपरित कार्य गरेको भन्दै बर्खास्त गर्न खोज्दा प्रचण्ड र ओली विच विवाद सुरुभएको थियो । भारतीय ‘रअ’ प्रमुखको नेपाल भ्रमण कुन प्रयोजनका लागि भयो, प्रधानमन्त्रीसँगको भेटमा के कस्तो संवाद भयो, यसको सुईको कसैले पाउन सकेनन् । ठुलै संघर्ष गरेर सार्वजनिक गरेको नेपालको नक्सा थियो र नक्सा सहित प्रकाशनमा आएको पाठ्यक्रम किन रोकियो, कोरोना संक्रमित सर्वसाधारण जनताको निःशुल्क उपचार गर्नबाट सरकार किन पछाडि हट्यो भन्ने लगायतका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो । तर त्यसको जवाफ ओलीले दिएवा दिएनन् अथवा दिन उचित ठानेनन् यो राजनितिक शक्ति भित्रको कुरो हो ।

नेकपामा बलिया नेता ओली नै हुन् । किनकी उनीसँग सत्ता छ, राष्ट्रपति उनकै पक्षमा छन्, अदालतलाई प्रभाव पार्न सक्ने क्षमता उनकै छ, सत्ताको बागडोर जसलाई चाहे त्यसलाई दिन सक्छन् । त्यसैले पनि नेकपाका शीर्ष नेताहरुलाई ओलीसँग भिड्न कठिन छ । त्यसमाथि पूर्व माओवादी खेमाका केही प्रभावशाली नेताहरु समेत ओलीसँगै छन् । ओली नेकपा एमालेको पछिल्लो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पार्टी अध्यक्ष हुन् भने उनी पाँचबर्षका लागि संसदबाट निर्वाचित प्रधानमन्त्रीमा पनि हुन् । सबै शक्ति ओलीकै हातमा हुदा पनि संसद विघटन गर्नु पर्ने अवस्था कसरी आयो कसले ल्यायो के कित्ताकाटको विवादले ल्याएको हो भन्दै प्रश्न गर्दा र ओलीको राष्ट्रका नाममा गरको सम्वोधनले पनि यहि कुरालाई जोड दिएको छ ।
सत्ताबाडफाड कसैको वाउको विर्ता होई एकिकरणको समयमा समय तोकेरै एकिकरण भएको थियो भने ओलीले स्वईच्छाले प्रधानमन्त्री पद छोड्नुपर्ने यदि यसो होईन भने देशको लागी हित हुने कुराहरुका ओलीलाई सम्पुर्ण शक्तिहरुले साथ दिनुपर्ने अर्वौको रकम खर्च गरेर सम्पन्न भएको निर्वाचनलाई फेरी गराउन त्यतिनै समय र पैशाको नास हुने हुदा ओलीले उठाएको कदम एक दमै गलत छ । काम नगर्न दिनेलाई सजाय दिने र बहिस्कृत गर्ने धेरै उपायहरु हुदा हुदै पनि ओलीले यसो गर्न सक्नुभएन ।

देशलाई एक पटक फेरी आर्थिक भारमा पार्नु भन्दा पहिले उनि काग्रेस संग सहारा पनि खोजेनन्, अन्य कुनै पनि दलहरु संग गठकन्धन बनाउन सक्थे र आज ओलीले संसदनै विघटन गरेर नेपालको राजनितिक संरचनानै परिवर्तन गरिदिए । संविधानका धाराहरु पनि जो शत्तामा पुगे उसैको भलाईका लागि बनाउने प्रवृतिले गर्दा आज देशले यो अवस्था भोग्नुपरेको हो । ओलीको कार्यशैलीलाई मन नपराएको प्रचण्ड खेमाले सबै कुरा जानकारी हुदा हुदै अथवा अव यस्तो हुन सक्छ है भन्ने भान हुदाहुदै पनि चुप लागेर बस्यो । कोरोनाको कहरले थिला थिला भएको नेपाललाई थप भार माथी भार थप्ने प्रयास फेरी हुदै गएको छ । कोरोनाको भ्याक्सिन किन्न सक्ने क्षमता नभएर विदेशीको सापटीमा चलाउन खोजेको नेपालले मध्यावधि निर्वाचनको भार कसरी सहला? वर्षै पिच्छे गरिने निर्वाचनमा करोडौंको खेल र व्यापार सुरु हुदै छ अव । निर्वाचनका नाममा देशलाई धुलो चटाउने कामको सुरुवात फेरि हुदै छ ।
काम गर्न दिनुवा नदिनुछुट्टै कुरा हो तर त्यसको बदला देशको राजनितिक नक्शानै परिवर्तन गरिदिनुभनेको कति सम्मको तुच्छपन हो । देशको कार्यभार टाउकोमा उठाई सकेपछि काम गर्न दिएनन् भन्दै संसद विघटनै गर्नेले के काम गर्न नदिेलाई कार्वाही गर्न सक्दैन थे र? नयाँ जनादेश भनेको केहो ? कहाँबाट आउने हो अव त्यो जनादेश ? अझ तिनै पार्टिका भरौटेहरु ६० उमेर नाघेका युवा नेताहरु होईनन् र निर्वाचनमा जाने? के पार्टिबाट सत्ताबाट राजिनामा दिएर बाहिरिएकाहरु सदाका लागी बाहिरिन्छन् र ? होईन तिनै हुन फेरि फर्कने तिनै हुन अझ गाउमा गएर रक्सि र भात खुवाएर जनताहरुलाई ललिपप चटाउदै चुनाव जित्ने । हो तिनै जनता भेडा हुन जुन तिनै भतुवाहरुलाई जिताउने तसर्थ नयाँ जनादेश भन्दै संसद विघटन गर्नुको औचित्यता छैन । देशलाई थप रिणको भार मात्रै थपिने हो ।
सत्तामा विभाजन आउदा आउदा आज देशले ठुलै परिणामको सामना गर्दै छ आफुसत्तामा टिकिरहन हो वा साच्चिकै नयाँ जनादेश चाहिएको हो यसको निर्ण फेरि पनि तिनै भेडा जनताले गर्ने छन् तिनै टाउनेलाई सत्तामा पुर्याउने छन् पक्कै र फेरी ओलीले तिनै आज सडकमा ल्याएका सांसदहरुलाई सत्तामा पुर्याने छन ।

आउने निर्वाचनमा अव मतदान गर्ने पनि तिनै पार्टिका झोले कार्यकर्ता हुन र जित्ने पनि तिनै भतुवा नेता हुन । कसैले केही माखो मार्न सक्दैनन् अव दुई तिहाईको सरकारले त केही उखाल्न सकेन अव कुन चाही नयाँ जनादेश आउने हो कुन्नी यो नानाथरि नाटक गर्नु भन्दा अव सत्ता च्युतनै भए हुन्छ ।
प्रदेश संघ सबै खारेज भए हुन्छ । जनतालाई जति जोगी आएपनि कानै चिनरेका झै भैसक्यो । अहिले सम्मका हिसावै नभएका गन्नै नसकिने सांसदहरुको झुण्डले पनि देशनै लुट,े मन्त्री प्रधान मन्त्रीहरुले पनि देशनै लुट,े हजारौको संख्यामा सत्तामा पुगेका औंठाछाप स्यालहरुले भन्दा अव त्यहि एउटा बाधले देश खान्छ कम्तीमा खानेको संख्या घट्यो भने देश सकिदैन भन्दै राजालाई सयौं जनताहरुले स्वस्फुर्त रुपमा आवाहन गरिरहेका छन् । हिजो तिनै माओवादीका झोला बोक्नेहरु आज राजाको पक्षमा वकालत गरिरहेका छन् । हिजो एमाले र कांग्रेस भन्दै अन्धभक्त भएकाहरु आज तिनै पार्टिलाई घृणा गर्न थालि सकेका छन् ।
मध्यावधि मात्रै देशको समस्या समाधान होईन । आज सत्ताको लडाईमा जनताको मतको देहावसान भएको छ, बहुमत होईन अव एमाले माओवादी जस्ता कम्युनिष्ट र काँग्रेस जस्ता अवसरबादी पार्टीहरुलाई बहिस्कृत नगरे सम्म यसरी नै जुर्मुराउने हुन । तसर्थ अझै पनि जनताले नचेतेर मासुभातमा विके भने देश देश रहने छैन । जसले जहाँ जे पनि गर्ने छ । पार्टी भनेका बादर झै भए आज न आफु घर बनाउने न अर्काको घर रहन दिने । नत सत्तामा बसेर काम गर्नै सक्छन् न अरुले गरेको सहनै सक्छन् बस तमासा गर्दै सिंहदरवार भित्र बसेर घाम ताप्दै खुट्टा तानातान गर्छन् यति मात्रै आउछ अहिलेका हुतिहाराहरुलाई ।