Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दोश्रो नाट्यश्वर म्युजिक अवार्ड माघ २४ गते

Monday, January 25, 2021 National Power

नुवाकोट -नाट्यश्वर भगवान हामी सबैको शान कला र कलाकारीताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्ना गर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेसि अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोश्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक भएपनि कोरोनाको महामारी र त्यसपछि उत्पन्न परिस्थिति र लकडाउनको कारण ९ महिना अगाडी नै हुनु पर्ने दोस्रो सस्करण यहि माघ २४ गते नुवाकोटमा हुने भएको छ।
कार्यक्रम नेपालि कांग्रेसको केन्द्रिय सदस्य तथा पुर्ब शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आथित्यमा बिदुर नगरपालिका वडा नम्बर १ स्थित होटल यान्ग्राको सभा हलमा हुने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा जिल्लाको स्थानीय निकायको प्रमुख ,उपप्रमुख ,नेपालि संगीत क्षेत्रको बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने चार जना संचारकर्मीलाई सम्मानित गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको पहिलेको मितिमा गर्न नसकी हाल परिस्थिति सहज भएकोले अवार्ड भब्य र शब्य रुपमा गर्न लागिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।
यसैगरी कार्यक्रममा संगीत क्षेत्रका बरिस्ठ एकजनालाइ दिर्घ साधना सम्मान समेत प्रदान गरिने छ ्यसको साथै नया पुरा केहि कलाकर ,सामाजिक व्यक्तित्व पनि सम्मानित हुदै छन् ।
विश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना नियन्त्रण गर्न उल्लेखनीय योगदान पुराएको जिल्लाको स्थानीय निकाय र सस्था समेत समानित गरिन लागेको कार्यक्रम निर्देशक किरण अधिकारिले जानकारी दिएका छन् ्रसम्मानित हुने व्यक्ति ,श्रस्था ,सर्जक ,सामाजीक व्यक्तित्व र संचारकर्मिको नाम केहि दिनमा सार्बजनिक गरिनेछ ।