Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आणविक हतियार प्रतिबन्ध लगाउन नेपालले पनि सहमति जनाएको सन्धि कार्यान्वयनमा

Saturday, January 23, 2021 National Power

काठमाडौं – आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धि शुक्रबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको छ ।

सो कदम विश्वलाई सबैभन्दा घातक हतियारहरुबाट मुक्त गर्ने ऐतिहासिक कदमको रुपमा लिइएको छ । तर विश्वका आणविक हतियार भएका मुलुकहरुले भने यसको विरोध गरेका छन् ।

सन्धि कार्यान्वयनमा आएपछि अब आणविक हतियारको प्रयोग अनैतिक मात्र होइन्, गैर कानुनी पनि हो । यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज लामो समयदेखि उठिरहेको थियो । दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम प्रहार गरेको थियो ।

यस्तै घट्ना फेरी नघटोस भन्नका लागि प्रतिवन्धको आवाज उठेको थियो । संयुक्त राष्ट्रसंघले सन् २०१७ मा यसलाई अनुमोदन गरेको थियो जसमा १२० मुलुकले समर्थन जनाएका थिए ।

तर आणविक हतियार भएका केही मुलुकहरुले पनि यसलाई समर्थन गरेका छैनन् । सन् २०१७ मा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धीमा समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।