Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

खेलाडीको मनमा समाजसेवी रत्नकुश

Thursday, January 21, 2021 National Power

काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ । आज एक कार्यक्रमका साथ रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गर्नुभएको हो । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका लागि पाँचखाल जाने क्रममा रंजितले सो सहयोग गर्नु भएको हो ।

एक पुराना खेलाडिले आफुहरुले खेल्ने समयमा धेरै मेहेनत गरेर तर कतैबाट यस्तो सहयोग नआएको बताएका थिए खेलाडिहरुले खेल खेल्दै गर्दा आफुहरुलाई आईपर्ने समस्याहरुका लागि व्यवसायी तथा समाजसेवी रत्नकुश जस्ता व्यक्तिले गरेको सहयोगले नै प्रेरणा दिने बताएका छन् ।

व्यवसायी रंजितले भने आफुले ठूलो सहयोग नगरेको र खेलाडिहरुको मनोबल उच्च बनाउनका लागि जर्सी सहयोग गरेको बताउनु भएको छ ।