Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बनेपा हेल्थ केयरमा अब नियमित रेडियोलोजिस्टबाट सेवा सुचारु

Sunday, January 17, 2021 National Power

काभ्रे (बनेपा) –  जिल्लाको बनेपा नगरपालिका वडा नं ८ स्थित बनेपा हेल्थ केयरले नियमित रुपमा रेडियोलोजिस्टबाट सेवा सुचारु गरेको छ । शुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले बनेपा हेल्थ केयरले माघ महिना देखि वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीबाट हप्तामा सातै दिन सेवा दिइरहेको बनेपा हेल्थ केयरले जनाएको छ ।

काभ्रे र आसपासका जिल्लाहरुका विरामीहरुलाई विशेषज्ञ सेवा दिदै आएका बिरामीहरुलाई वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीद्वारा भिडियो एक्स रे को माध्यमबाट गर्भमा रहेको बच्चाको विकास एनोमेली स्क्यान (Anomaly Scan) समेत हुने बनेपा हेल्थ केयरका प्रबन्धक जितेन्द्र थापाले बताए ।

उनका अनुसार सो स्क्यानले गर्भमा रहेको बच्चाको विकासको बारेमा प्रष्ट रुपमा हेरिन्छ । बच्चाको हात, गोडा कस्तो रुपले बढिरहेको छ, बच्चाको भित्री अंगको विकास कस्तो रुपमा छ भन्ने थाहा हुने बारे प्रबन्धक थापाले जानकारी दिए । उक्त सेवाबाट विरामीहरुलाइ सहज हुने हेल्थ केयरले विश्वास गरेको बताउँदै थापाले भने, ‘एनोमेलि स्क्यान, डोपलर स्क्यान गर्न लामो समय कुर्नुपर्ने, काठमाडौं सम्म जानुपर्ने बाध्यता उक्त सेवाका कारण हट्ने छ । बनेपा हेल्थ केयरमा अन्य थप सेवाहरु बढाउदै लैजाने योजना बनाएका छौँ ।’

त्यस्तै बनेपा हेल्थ केयरमा बिरामिहरुको हात गोडाको नसाहरुको जाँचको साथै महिलाहरुको स्तनमा भएको गिर्खाहरुको जाँच, थाइराइडको जाँच, हाइड्रोसिलको जाँच, हर्नियाको जाँच गरिरहेको छ । यसका साथै पेट छाती तथा जोर्निमा जमेको पानी तथा पिप भिडियो एक्स रे को माध्यमबाट हेर्दै शरिरलाइ हानी गर्ने पदार्थहरु निकालेर उपचार भइरहेको जानकारी थापाले दिए ।