
काभ्रे र आसपासका जिल्लाहरुका विरामीहरुलाई विशेषज्ञ सेवा दिदै आएका बिरामीहरुलाई वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीद्वारा भिडियो एक्स रे को माध्यमबाट गर्भमा रहेको बच्चाको विकास एनोमेली स्क्यान (Anomaly Scan) समेत हुने बनेपा हेल्थ केयरका प्रबन्धक जितेन्द्र थापाले बताए ।
उनका अनुसार सो स्क्यानले गर्भमा रहेको बच्चाको विकासको बारेमा प्रष्ट रुपमा हेरिन्छ । बच्चाको हात, गोडा कस्तो रुपले बढिरहेको छ, बच्चाको भित्री अंगको विकास कस्तो रुपमा छ भन्ने थाहा हुने बारे प्रबन्धक थापाले जानकारी दिए । उक्त सेवाबाट विरामीहरुलाइ सहज हुने हेल्थ केयरले विश्वास गरेको बताउँदै थापाले भने, ‘एनोमेलि स्क्यान, डोपलर स्क्यान गर्न लामो समय कुर्नुपर्ने, काठमाडौं सम्म जानुपर्ने बाध्यता उक्त सेवाका कारण हट्ने छ । बनेपा हेल्थ केयरमा अन्य थप सेवाहरु बढाउदै लैजाने योजना बनाएका छौँ ।’
त्यस्तै बनेपा हेल्थ केयरमा बिरामिहरुको हात गोडाको नसाहरुको जाँचको साथै महिलाहरुको स्तनमा भएको गिर्खाहरुको जाँच, थाइराइडको जाँच, हाइड्रोसिलको जाँच, हर्नियाको जाँच गरिरहेको छ । यसका साथै पेट छाती तथा जोर्निमा जमेको पानी तथा पिप भिडियो एक्स रे को माध्यमबाट हेर्दै शरिरलाइ हानी गर्ने पदार्थहरु निकालेर उपचार भइरहेको जानकारी थापाले दिए ।