Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गिनिज बुक अफ वल्ड रेकर्ड होल्डरलाई पर्यटन मन्त्रीले दिए सर्टिफिकेट

Saturday, January 2, 2021 National Power

काठमाण्डौ – नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित गरेका युवाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पिम नेपालको आयोजनमा सम्पन्न गरिएको कार्यक्रम विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि.सी, बरिष्ठ कलाकार उत्तम के.सी., वरिष्ठ गीतकार एवं संचारकर्मी भरत बम्जन लगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यमको सभापतित्व चलचित्र निर्देशक एवं लेखक मोहन निरौलाले गरेका थिए।

संशारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई ।

साझा हिमाल गीतलाई मुर्तरुप दिन सघाउने कलाकारहरु श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल (छन्दे), प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठ लगायतलाई उक्त कार्यक्रममा गिनिज वल्र्ड रेकर्डवाट प्राप्त सहभागिताको प्रमाणपत्रहरु समेत प्रदान गरिएको छ ।त्यस्तै कार्यक्रममा गायिका सरिता भारतीलाई गायन सम्मान समेत गरिएको थियो ।

नेपालको नाम भिडियो मार्फत विश्वमा राख्न सफल भएकोमा रेकर्ड होल्डर खरेल लगायत चारै जनालाई प्रमुख अतिथि सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल , चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका जनकदीप पराजुली, कान्तिपु टिभिका स्टेशन हेड एवं चलचित्र निर्देशक दिनेश डि.सी. लगायतले बधाई एवं शुभकामना दिएका थिए ।

लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संशारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले ।

नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । कार्यक्रमको आयोजना पावर ईन्टरनेशनल मिडिया नेपालले गरेको हो ।