काठमाडौं – जन चेतना नेपालले ‘जाडोमा न्यानो’ अभियान अन्तरगत ४० जना भन्दा बढीलाई न्यानो कपडा वितरण गरेको छ । काभ्रेको तेमाल गाउँपालीका– ३ का वडाध्यक्ष बिष्णु बहादुर तामाङको उपस्थितिमा सरमथली र चैथलीका ४० भन्दा बढी बृद्धबृद्धा, अपाङ्ग र अशक्तहरुलाई जन चेतना नेपालले न्यानो कपडा वितरण गरेको हो ।
चिसो बढ्दै गएको जाडो मौसममा जनचेतना नेपालले आफ्नो वडामा आएर न्यानो कपाडा वितरण गरेकोमा वाडाध्यक्ष तामाङले धन्यवाद दिए । उनले संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य रहनेमा विश्वास व्यक्त गरे ।