Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

निर्वाचन पछिको हाम्रो भावी कार्यदिशा : सुबोध कुमार गुप्ता

Tuesday, December 1, 2020 Devil Singh Rajput

निर्वाचन पछिको हाम्रो भावी कार्यदिशा : सुबोध कुमार गुप्ता सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भन्ने वचनबद्धता जनाउन चाहन्छु । निर्वाचन पछि हामी नेपालको निजीको छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ। हामीले चार पाँच बर्ष अघि मात्रै वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान ल्याएकाले हाम्रो मुल नेतृत्व बाहेकका अन्य पदमा प्रतिस्पर्धा हुन पुग्यो । महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा अघिल्लो निर्वाचनबाट त्यसै प्रावधानमा टेकेर निर्वाचित भएर आउनु भएको थियो ।सोही प्रावधान अनुरुप हामीले महासंघको अध्यक्षमा श्रद्धये शेखर गोल्छालाई पाएका छौ । यस निर्वाचनबाट वरिस्ठ उपाध्यक्ष तर्फ चन्द्र ढकाल विजयी हुनु भएको छ । त्यसैले गोल्छा पछि महासंघको नेतृत्वको कमान ढकालले गर्नुहुनेछ । अझ भनौ शेखरजी पछि नेपालको समग्र निजी क्षेत्रलाई पाईलटका रुपमा हाँक्ने जिम्मेवारी ढकालको काँधमा जानेछ । हाम्रो विधी विधानमै त्यहि छ । र सोही स्प्रिट अनुरुप हामी निर्वाचनमा होमिएका थियौ । चन्द्र ढकालजीको नेतृत्वमा हामीले आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका थियौ । वस्तुगत तर्फबाट म स्वयम् पनि निर्वाचित भएको छु । हाम्रो समुहबाट अन्य साथीहरु समेत निर्वाचित भएर आउनु भएको छ । त्यसैले म लगायतका हाम्रो समुहबाट महासंघमा प्रतिनिधीत्व गरेर जाने सबैले हाम्रा चुनावी एजेण्डा मुताबिक महासंघको सुदृढिकरण र निजी क्षेत्र राज्य साझेदारीको कार्य योजनालाई कार्यान्वयन गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्नेमा म अडिग छु । हामीले हाम्रा साथीहरुसँग गरेको प्रतिबद्धतालाई अक्षरश पालना गर्दै अगाडी बढनुको विकल्प हामीसँग छैन भन्ने पनि लाग्छ । त्यसैले हामीले निर्वाचन लडदै गर्दा गरेका वाचा पुरा गर्न दृढतापुर्वक लाग्नुपर्छ नै । हामीले हाम्रो प्रतिबद्धता बिर्सनु भनेको विश्वास गुमाउनु हुनेछ । त्यसैले हामी माथिको विश्वासलाई कायम राख्दै अघि बढन पनि हामीले निर्वाचनमा होमिदै गर्दा अघि सारेका एजेण्डालाई पुरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ । हामीले हाम्रो एजेण्डालाई भुल्यौ भने हामी असफल त हुनेछौ नै साथै साथीहरु प्रति धोकाधडी गरेको ठहरिने छ । अर्को तर्फ किशोर प्रधान समुहबाट सबल र सुदृढ महासंघको नारा अघि सारिएको थियो । उहाँहरुले बोक्नु भएको नारा र हामीले अघि सारेका नारा वा एजेण्डामा समानता छ । समानता यस मानेमा कि दुवै पक्षबाट महासंघ साथै समग्र निजी क्षेत्रलाई मजबुत बनाउने भन्ने नारा लिएर दुई खेमा चुनावी मैदानमा उत्रिएका थियौ ।लोकतान्त्रिक पद्धतीलाई अपनाउदै निर्वाचनमा होमिदै गर्दा फरक धारमा बसेता पनि हाम्रो एजेण्डामा समानता नै थियो । साथै हामी बीच चुनाव सकिए लगत्तै पक्ष विपक्षको राप र ताप पनि सकिएको छ । हामी एकजुट छौ । हाम्रा समस्या साझा छन्, हाम्रो उदेश्य र लक्ष्य एउटै छ । त्यो भनेको निजी क्षेत्रको विकास र उन्नयन हो । चुनाव पछि बेजोडको मेल रहदै आएको गर्विलो ईतिहास हामीसँग छ । यस कोणबाट पनि हामीले चुनावलाई एउटा प्रकृयाको रुपमा लिदै आएका छौ भन्ने स्पस्ट हुन्छ । त्यो अभ्यासले यस पाली पनि निरन्तरता पाउनेमा कुनै शंका छैन । म बाट हामी बनि सकेका छौ, हामी सबै उम्मेदवारहरु । निर्वाचन प्रकृयामा फरक फरक समुहबाट प्रतिस्पर्धामा उत्रिएता पनि महासंघ कार्य समितीमा आईसके पस्चात हामी सबै एकजुट भैसकेका छौ । हामीले महासंघलाई सवल र सुदृढ बनाउन राज्यसँग सहकार्य गर्नुको विकल्प छैन । यसका लागि निर्वाचनबाट चुनिएर आउनेले पहल लिनु त पर्छ नै तर पनि ज्ञान, शिप, अनुभव, सम्बन्ध आदीले पनि अर्थ राख्ने हुँदा निर्वाचनमा विविध कारण बश भाग नलिनु हुने र भाग लिनु हुने सम्पुर्ण साथीहरुको भूमिका महत्वपूर्ण रहने नै छ । त्यसैले आ आफ्नो स्थानबाट निजी क्षेत्रको साझा धारणा राख्दै हामीले भोग्दै आएका प्रमुख समस्याको समाधानमा हामी जुटनु पर्छ । कोभिड १९ का कारण जुन खालको बिषमता निजी क्षेत्रले भोग्नु परेको त्यसबाट पार पाउन राज्यबाट ठोस कार्यक्रम आउन जरुरी देखिन्छ । कोभिडले चुनौती मात्र ल्याएको छैन कि अवसर पनिसंगै लिएर आएको छ । त्यसको पहिचान गरि अबिलम्ब राज्य स्तरबाट केही नितीगत र कार्यक्रमगत सुधारका प्रयास गर्न जरुरी देखिन्छ । यसका लागि अहिलेको हाम्रो नेतृत्व काबिल छ भन्ने मेरो ठम्याई छ । हामीसँग शेखर गोल्छा, चन्द्र ढकाल जस्ता सक्षम नेतृत्व हुनुहुन्छ । रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठले म्याण्डेट लिएर विभिन्न संघको नेतृत्व गर्दै हुनुहुन्छ । त्यो स्थानमा जो आएता पनि निजी क्षेत्रको लागि केही गर्छु भनेर आउने हुँदा हाम्रा साझा एजेण्डाले प्राथमिकता पाउने नै छ । मेरो तर्फबाट मैले प्रतिबद्धता जनाए अनुरुप काम गर्न कटिबद्ध छु । मेरो ध्यान महासंघलाई थप मजबुत बनाउने र कृषि क्रान्ति हुँदै औद्योगिक क्रान्तिमा देशलाई लैजाने गरि काम गर्ने छ । मेरो भिजन अनुसार म मेरो नेतृत्वलाई कन्भिन्स गर्ने र उहाँहरुको योजना अनुरुप निजी क्षेत्रलाई त्राण दिने रहन्छ । हामी आँफै बीच विचार मन्थन नगरि सिमित घेराबाट राज्य माझ कुरा राख्दा चुक्न सक्ने हुँदा महासंघ कार्यसमिती भित्र र बाहिर रहनु हुने तमाम अग्रज र साथीहरुसँग राय परामर्श लिनुमा नै श्रेयकर हुनेछ भने कार्य समितीमा रहेकाले सहि निर्णय लिदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नु पर्दछ । (लेखक नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यकारीणी सदस्य र चामल दाल तेल उद्योग संघका अध्यक्ष हुन )