Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

Tuesday, November 24, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १४ लाख २ हजारको कोरोनाबाट मृत्यु भएको छ । विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख १५ हजार पुगेको छ । जसमध्ये ४ करोड ११ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड २७ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६३ हजारको मृत्यु भइसकेको छ । भारतमा ९१ लाख संक्रमितमध्ये एक लाख ३४ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ । यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ४४ हजार संक्रमित संख्यामध्ये ४९ हजारको मृत्यु भइसकेको छ ।

रुसमा २१ लाख संक्रमितमध्ये ३६ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ५० हजारको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ । अहिलेसम्म २ लाख २२ हजार २ सय ८८ संक्रमित भइसकेका छन् ।