Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस

Tuesday, November 24, 2020 National Power

बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् ।

भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् । उनले भिडियोमा सुशान्तको निधनपछि अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको समेत आरोप लगाएका छन् ।

सिद्दिकीले आफ्नो युटुब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुशी नभएको पनि आरोप लगाएका छन् । भारतीय मिडियाका अनुसार, सुशान्तको निधनपछि उनको बिषयमा भिडियोहरु तयार पारेर ४ महिनामा राशिदले १५ लाख भन्दा बढी कमाएका छन् ।

२५ बर्षका राशिद बिहारमा बसेर एफएफ न्यूज नामबाट युटुब च्यानल संचालन गरिरहेका छन् । अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानबिनमा सहयोग गर्न आदेश दिएको छ ।