Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सोसियल र माउन्टलाई खेल सामाग्री सहयोग

Friday, November 20, 2020 National Power

 

काभ्रेपलान्चोक – विश्वमा कोरोना भाइरल फैलिएको छ । यस्तो अवस्थामा पनि खेलाडीहरुले खेल खेल्न छोडेका छैन्न । खेलकुद स्वास्थका लागि उपयुक्त र शरीर लाई फ़ुर्तिलो पार्नका लागि खेल्ने गरिन्छ । महामारीको अवस्थामा पनि विभिन्न संस्था र ब्यक्तिहरुले खेलकुद सामाग्रीहरु खेलाडीहरु लाई हस्तान्तरण गरेका छन ।

बनेपा नगरपालिका–५ स्थित् रहेका दुई क्लवलाई खेल सामाग्री सहयोग गरेका छन् । स्काई लाइटज गेमीङले एक कार्यक्रमबीच पबजी खेल खेलेर आर्जन गरेको रकमबाट सोसियल सर्भिस युवा क्लब र माउन्ट एभरेष्ट एफ.सि लाई खेल सामाग्री सहयोग गरेका हुन् ।

सोसियल सर्भिस युवा क्लबका अध्यक्ष सागर मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा स्काई लाइटजले दुई क्लवलाई फुटबल ३ थान, ब्याडमिन्टन नेट १ थान, ब्याडमिन्टन ४ थान, ब्याडमिन्टन कक २ रोल, टेबल टेनिस ब्याट २ सेट, स्किपीङ १ थान, भलिबल १ थान र फुटबल किपर गोल्ब्स १ थान सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका–५ का वडा अध्यक्ष बलराम अधिकारीले समाजमा रहेका युवाहरुलाई खेलको माध्यमबाट कुलतबाट जोगाउन र स्वास्थ रहन यस खेल सामाग्रीले सहयोग पुग्ने बताए ।

सोसियल सर्भिस युथ क्लबका अध्यक्ष सागर मानन्धरले आफुलाई युवाहरुमार्फत भएको सहयोगले खुशी बनाएको र सहयोगबाट प्राप्त सामाग्रीहरुलाई सदुपयोग गरेर खेल क्षेत्रलाई उटकृष्ट बनाउने योजना रहेको बताए ।