Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

“विप्लप समुहको कार्यकर्ता पक्राउ “

Wednesday, November 11, 2020 National Power

प्रेस बिज्ञप्ती

मिति २०७७-०७-२६

“विप्लप समुहको कार्यकर्ता पक्राउ ”

नेपाल सरकाबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लप समुहमा आवद्ध रही यस जिल्ला स्थित रहेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन समेतबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेका छन् भन्ने सूचनाको आधारमा उक्त समुहमा आबद्ध नेता तथा कार्यकर्ताहरुको सम्बन्धमा सूचना संकलन एवं खोजतलास गरी पक्राउको लागि यस कार्यालयबाट प्रहरी टोली परिचालन गरी खोजतलासको क्रममा मिति २०७७।०७।२६ गते बिहानको समयमा पछिबाट नामथर वतन खुल्न आएका काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटीचौर एक्लेखेत घर हुने हरि बजगाईको छोरा अं. वर्ष ५४ को मधुसुधन बजगाईलाई स्थायी वतनमा फेला पारी निजलाई प्रहरी टोलीले सोधपूछ गर्ने क्रममा निजले प्रहरीले सोधपूछ गर्दा सोधिएको कुराको जवाफ नदिई उल्टै प्रहरी टोली माथि अपशव्द प्रयोग गरि प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सृजना गरि अभद्र व्यवहार गरेको हुँदा निजलाई तत्काल कानुन बमोजिम पक्राउ गरी “मुलुकी अपराध संहिता,२०७४” को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरी आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई निज मधुसुधन बजगाई उपर थप अनुसन्धान कार्य भई रहेको निजको प्रारम्भिक अनुसन्धानको क्रममा निजले आफु नेपाल कम्युनिष्ट पार्टि (माओवादी) विप्लप समुहको जिल्ला कमिटी सदस्य भई पार्टिको निति निर्देशानुसार काम कारवाही गर्दै आएको खुल्न आएको व्यहोरा जानकारी गराईन्छ ।

फोटो :-

सूचना अधिकारी

( कुमार बिक्रम थापा )

प्रहरी नायव उपरीक्षक

जि.प्र.का. काभ्रेपलाञ्चोक

९८५१२३७३३९