Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोरोनाविरुद्ध प्रभावकारी भ्याक्सिन धमाधम आउँदै

Tuesday, November 10, 2020 National Power

एजेन्सी- अमेरिकी औषधी कम्पनि फाइजरले कोरोना भाइरसविरुद्धको प्रभावकारी भ्याक्सिन ल्याउने निश्चित भएको छ । उसले भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा कोरोनाविरुद्ध निकै प्रभावकारी देखिएको दाबी गरेको छ ।

तेस्रो चरणमा हजारौं स्वयंसेवीमाथि प्रयोग गर्दा पहिलो डोज कोरोनाविरुद्ध आशा गरेभन्दा बढी प्रभावकारी देखिएको फाइजरको दाबी छ । उसले भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको बताएको छ ।

भ्याक्सिनको तेस्रो चरणको परीक्षणको दोस्रो डज दिएर नतिजा आएलगत्तै आकस्मिक प्रयोगको अनुमति मागिने फाइजरले जनाएको छ । तर, दोस्रो डज दिएको दुई महिनासम्म स्वयंसेवीहरुको निगरानी गरिनेछ ।

फाइजर भ्याक्सिनले अमेरिकी औषधी व्यवस्थापनसम्बन्धी निकायबाट अनुमती पाएमा कोरोना भाइरसविरुद्धको तेस्रो भ्याक्सिन हुनेछ । यसअघि रुसी भ्याक्सिनहरुले तेस्रो चरणको परीक्षण हुँदै गर्दा दर्ता अनुमती पाएका थिए ।

फाइजरले जर्मनीको साझेदार कम्पनि बायोनटेकसँग मिलेर कोरोना भाइरविरुद्धको भ्याक्सिन विकास गरिरहेको छ । उसले ४३ हजार स्वयंसेवीमा भ्याक्सिनको परीक्षण गरिसकेको छ ।

रुसी भ्याक्सिन स्पुतनिक भी आकस्मिक प्रयोगमा आइसकेको छ । यसको सर्वसाधारणमा प्रयोगको अन्तिम तयारी भइरहेको छ ।

चिनियाँ भ्याक्सिन पनि आकस्मिक प्रयोगमा ल्याइसकिएको छ । चीनका तीनवटा कम्पनि भ्याक्सिनको परीक्षणको अन्तिम चरणमा छन् ।

यसबाहेक अक्सफोर्ड भ्याक्सिन पनि यसै वर्ष प्रयोगमा ल्याइने बताइएको छ । विश्वका एक सय ५० भन्दा बढी कोरोनाविरुद्धका भ्याक्सिन विकासको क्रममा छन् । त्यसमध्ये रुस, अमेरिका, चीन र बेलायतका कम्पनि भ्याक्सिन विकासको अन्तिम चरणमा छन् । तर, तिनको प्रभावकारिताबारे विकासका क्रममा नै प्रश्न उठ्ने गरेको छ ।