Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेवारी खानाको पारखीहरुको लागि थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार

Monday, November 9, 2020 National Power

काठमाडौँ – नेवारी खाजा राजधानीबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ ।ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै गएको छ ।

उपत्यकाभित्र रहेर नेवारी खाजाको स्वाद नलिएको व्यक्ति त सायदै होला । नेवारी खाजाघर विस्तारै ब्राण्डको रूपमा पनि स्थापित हुँदै गइरहेको छ । नेवारभित्र आ–आफ्नो चालचलन भएपनि खाना भने भिन्न रहेको पाइँदैन । अधिकांश नेवारी जाति बाक्लो बस्ती रहेको उपत्यकामा यसको ग्राहक बढ्दै जानु स्वभाविक नै हो । साना होटलदेखि रेष्टुराँसम्ममा यसको व्यापार बढ्दै गइरहेको छ । यहाँ बसेर केही हुदैन भन्नेको लागि पनि राम्रो व्यवसायको रुपमा लिइने गर्दछ नेवारी खाजा घर । यो व्यवसायबाट नै नाम र मनग्य आम्दानी कमाइरेहका छन् नेवारी रेष्टुरा र होटलहरूले । यसमा विदेशी पर्यटक भन्दा नेपाली ग्राहकको आकर्षण नै बढी रहेको छ । करिब ८५ प्रतिशत नेपाली समुदाय नै नेवारी खाजाप्रति आकर्षित भएको पाइन्छ ।

काठमाडौँको चाबहिल बाट ५ किलोमिटर मात्र टाडा रहेको गोकर्ण भैरबचौर सुन्दरीजल जाने बाटोमा रहेको थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बारमा ग्राहकको मोह अहिले बढ्दै गएको छ । नयाँ पुस्तालाई लक्षित गर्दै शुक्रबार मनोरञ्जनसम्बधि विविध कार्यक्रमहरू सञ्चालनमा समेत ल्याएकोलेपनि रेस्टुरेण्टको आकर्षण बढ्दै गएको छ । यसका साथै परिवारजनसँग जाने ग्राहकको पनि उपस्थिति बढी मात्रामा रहेको देखिन्छ । तर नेवारी खानामा भने सम्पूर्ण वर्गलाई समेटिएको पाइन्छ । यहा नेवारी खाना मात्र नभएर अन्य नेपाली, कनटिनेण्टल खाना समेत पाइने जानकारी यस रेस्टुरेन्टकि संचालिका हिरा देबी श्रेष्ठले गराईन।

 थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार ग्राहकको रोजाइमा पर्न पुगेको एक नेवारी रेष्टुरेन्टमध्ये पर्दछ । थ:छे को अर्थ माइतिघर तथा अर्को अर्थमा आफ्नै घर रहेको समेत हिरा देबी श्रेष्ठले  बताइन।  यहाँ नेवारी चलनअनुसार खाना खुवाइन्छ, त्यसैगरी ग्राहकको पनि सेवा गरिन्छ र त्यही अनुसार नेवारी खाजा तयार गरिन्छ । यहाँ विभिन्न क्षेत्रबाट ग्राहकहरू नेवारी खाजाको स्वाद लिन र नेवारी संस्कृतिको बारेमा बुझ्न आउँछन् । नेपालीहरूमात्र नभएर विदेशी पर्यटकहरू पनि नेवारी खाजाप्रति आकर्षित भएर खाजा खान आउने गर्दछन् ।

नेवारी खाजाका साथसाथै नेवारी संस्कृतिलाई पनि प्राथमिकता दिँदै आएको श्रेष्ठको भनाइ छ । थ:छेमा विशेषगरी समयबजी, चटामरी, छोइला, बारा, खाजा सेट, ऐला, थो, योमरी, हाँसको छोइला लोकल रक्सी मसला हालेको बढी मात्रामा व्यापार हुने पनि उनले बताइन । थ:छेको वातावरण रमाइलो र शान्त छ, त्यसैले परिवारहरू धेरै मात्रामा आउने गर्दछन् र मनोरञ्जन अनि खाजाको स्वाद लिन पनि जान्छन् ।