Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

Monday, November 9, 2020 Devil Singh Rajput

काठमाडौँ — कार्तिक २४, २०७७।

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ सेण्टर, नुवाकोटमा २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” सम्पन्न भएको छ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्रविण बस्नेतले व्यक्त गर्नुभएको थियो भने सो सेमिनारमा नेपाल भरीको ३५ वटा डोजो प्रमुखहरुको सहभागिता जनाएका थिए ।

मिसः नेवा प्रजिता श्रेष्ठद्धारा उदघोषक गरिएको उक्त सेमिनारमा सहभागिहरुलाई स्वयं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवद्धारा “स्पोर्ट्स साईकोलोजी एण्ड लिडरशिप डेवलपमेन्ट ” बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो भने राष्ट्रिय खेलकुद परिषद्बाट उपलब्ध गराईएको प्रशिक्षकहरु डा.मनोज के.सी.द्धारा “खेल र व्यायाम” बिषयमा, प्रशिक्षक रिता प्रजापतिद्धारा “खेल व्यवस्थापन र पोषण” बिषयमा, प्रशिक्षक तथा संघका उपाध्यक्ष समाजसेवी हेमा मानन्धरद्धारा “आत्मविश्वास र मानवता” विषयमा अन्तर्राष्ट्रिय कराँते रेफ्री एवं प्रशिक्षक सिहान अशोक कुमार श्रेष्ठद्धारा “कराँते टेक्निक एण्ड टेक्नोलोजी” बिषयमा प्रस्तुति गर्नुभएको थियो ।

विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथीद्धारा सेमिनारमा सहभागिहरु तथा सहयोगीहरुलाई प्रमाणपत्र तथा प्रशंसापत्र बितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा मिसःनेवा ११३९को बिजेता नितु डंगोलले बिशेष आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथीहरुमा संघका कानुनी सल्लाहकार तथा प्रशिक्षक ज्योति फुयाल तथा सल्लाहकार सोनी लामिछाने रहनुभएको थियो ।

उक्त सेमीनारको समापन समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालद्धारा सेमीनारमा सहभागी कोचहरुलाई अन्तरक्रिया गर्ने क्रममा कोचहरुद्धारा यस्तो सेमीनारहरुले खेलाडी तथा कोचहरुको मनोबल बढ्ने तथा फुलकन्ट्याक्ट कराँते जस्तो डरलाग्दो कराँतेको अभ्यास तथा प्रतियोगिताको क्रममा हुनसक्ने घाउ चोटपटक तथा घटनाहरुलाई कसरी तत्काल निराकरण गर्ने जस्ता विषयमा तालिम दिनुभएकोमा संघ तथा रा.खे.प.लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।