Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

२०० करोड बजेटमा फिल्म बनाउँदै शाहरुख, दीपिकाको पारिश्रमिक कति रु

Sunday, November 8, 2020 National Power

एजेन्सी – लामो समयपछि बलिउडका किङ्ग शाहरुख खानको फिल्म आउँदैछ । उनले अर्को वर्षको दीपावलीको अवसरमा रिलीज गर्ने गरी फिल्मको तयारी गरिरहेका छन् । फिल्मको नाम ‘पठान’ राखिने स्रोतले जनाएको छ ।

फिल्ममा करिब तीन वर्षपछि फर्किएका शाहरुखको यो फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण हुनेछिन् । फिल्म निर्माता आदित्य चोपडाको २०० करोड (भारतीय रुपियाँ) लगानी रहने उक्त फिल्ममा दीपिकाको पारिश्रमिक १५ करोड हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्ममा भिलेनको रुपमा जोन अब्राहम हुने र उनले २० करोड पारिश्रमिक लिने जनाइएको छ ।