Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

२०० करोड बजेटमा फिल्म बनाउँदै शाहरुख, दीपिकाको पारिश्रमिक कति रु

Sunday, November 8, 2020 National Power

एजेन्सी – लामो समयपछि बलिउडका किङ्ग शाहरुख खानको फिल्म आउँदैछ । उनले अर्को वर्षको दीपावलीको अवसरमा रिलीज गर्ने गरी फिल्मको तयारी गरिरहेका छन् । फिल्मको नाम ‘पठान’ राखिने स्रोतले जनाएको छ ।

फिल्ममा करिब तीन वर्षपछि फर्किएका शाहरुखको यो फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण हुनेछिन् । फिल्म निर्माता आदित्य चोपडाको २०० करोड (भारतीय रुपियाँ) लगानी रहने उक्त फिल्ममा दीपिकाको पारिश्रमिक १५ करोड हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

फिल्ममा भिलेनको रुपमा जोन अब्राहम हुने र उनले २० करोड पारिश्रमिक लिने जनाइएको छ ।