Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

फोटोपत्रकार वन्तको म्यूजिक भिडियो ‘परदेशिको कर्म..’ सार्वजनिक (भिडियोसहित)

Friday, November 6, 2020 Devil Singh Rajput

काठमाडौँ — कार्तिक २१, २०७७।

नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको ‘परदेशिको कर्म ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गरे।

निर्देशक अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे। उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्रदय छुनसक्ने बताए।

रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ। नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ।

खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने, राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जमर्को गरेको छ।

गीतकार नवराज घिमिरेद्वारा रचित परदेशिको कर्म नामक गीत गायक विनोद दनुवारले गाएका छन् भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ। गीतको भिडियोको निर्देशन तथा छायाङकन नविनबाबु गुरुङको रहेको छ।

यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेका छन्। साथै सम्पादन नविन निरौलाको रहेको छ।

भिडियो—