Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अविरलको ‘सम्हाल मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Tuesday, November 3, 2020 Devil Singh Rajput

काठमाडौँ — कार्तिक १८, २०७७।

काठमाडौँ — कार्तिक १८, २०७७।

अठार वर्षभन्दा मुनिका युवा समूहको अथक प्रयास र मेहनत पश्चात ‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चाखलाग्दो कुरा के भने ‘सम्हाल मलाई’मा गीत रेकर्डिङ, म्युजिक एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियो निर्माणसम्मका सम्पूर्ण कार्यमा १८ वर्ष मुनिका युवाहरुको मात्र संलग्नता रहेको छ।

अबिरल भुजेलको शव्द र स्वर रहेको ‘सम्हाल मलाई’ बोलको गीतमा ज्योति श्रेष्ठ (स्टोरनटर) र संजिव तामाङ(एसएनजीभी) ले संगीत भरेका छन् ।

पछिल्ला दिनमा लिरिकल भिडियोलाई सर्वाधिक रुचाईएकाले क्लास एक्स प्रेजेन्टेसनसंगको सहकार्यमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको जनाईएको छ।

शायुज पोखरेल र आयुष्मान मगर(मिस्टर जिएम)ले निर्देशन तथा छायांकन गरेको यस म्युजिक भिडियोमा अबिरल भुजेल र शिल्पा थापा्को अभिनय रहेको छ ।

भिडियो—