Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

पाँच मिनेटको अन्तरालमा दम्पत्तिको मृत्यु

Tuesday, November 3, 2020 National Power

जनकपुर -धनुषाको शहिदनगर नगरपालिकामा सोमबार केही समयकै अन्तरालमा एक दम्पत्तिको मृत्यु भएको छ । शहिदनगर नगरपालिका–१ थित कुम्भकर्ण टोलमा बस्ने ९१ वर्षीय रामखेलावन यादवको सोमबार बिहान अन्दाजी पौने ८ बजे मृत्यु भएको थियो । त्यसको करिब ५ मिनेट मै उनकी ८८ वर्षीया पत्नी सुमित्रादेवी यादवको मृत्यु भएको हो ।

स्थानीयवासीका अनुसार यादव दम्पत्तिले सदाझैँ बिहान उठेर नित्यकर्म गरेका थिए । एक्कासी रामखेलावनले छोरालाई छाती दुखेको जानकारी गराए । तत्कालै छोरा उपेन्द्र औषधि लिनका लागि जनकपुर तर्फ हिँडे । यसबीचमै रामखेलावनको मृत्यु भयो । पतिको अचानक मृत्यु भएपछि सुमित्रादेवी अचेत भइन् । अचेत अवस्थामै उनको पनि निधन भयो ।

मृतक दम्पत्तिका छोरा उपेन्द्रले रातोपाटीसँग भने, ‘बुवा मृत्युको शोकमा आमा बेहोस हुनुभयो, हामीले बुवाको शव व्यवस्थापनको तयारी गर्न नपाउँदै आमा पनि बित्नुभयो ।’ एक साथ दम्पतीकै निधन भएपछि स्थानीयवासीले दुवैको एक साथ अन्त्येष्टि गरेका छन् । मृतक दम्पत्तिका १ छोरा र ४ छोरी छन् ।