Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पाँच मिनेटको अन्तरालमा दम्पत्तिको मृत्यु

Tuesday, November 3, 2020 National Power

जनकपुर -धनुषाको शहिदनगर नगरपालिकामा सोमबार केही समयकै अन्तरालमा एक दम्पत्तिको मृत्यु भएको छ । शहिदनगर नगरपालिका–१ थित कुम्भकर्ण टोलमा बस्ने ९१ वर्षीय रामखेलावन यादवको सोमबार बिहान अन्दाजी पौने ८ बजे मृत्यु भएको थियो । त्यसको करिब ५ मिनेट मै उनकी ८८ वर्षीया पत्नी सुमित्रादेवी यादवको मृत्यु भएको हो ।

स्थानीयवासीका अनुसार यादव दम्पत्तिले सदाझैँ बिहान उठेर नित्यकर्म गरेका थिए । एक्कासी रामखेलावनले छोरालाई छाती दुखेको जानकारी गराए । तत्कालै छोरा उपेन्द्र औषधि लिनका लागि जनकपुर तर्फ हिँडे । यसबीचमै रामखेलावनको मृत्यु भयो । पतिको अचानक मृत्यु भएपछि सुमित्रादेवी अचेत भइन् । अचेत अवस्थामै उनको पनि निधन भयो ।

मृतक दम्पत्तिका छोरा उपेन्द्रले रातोपाटीसँग भने, ‘बुवा मृत्युको शोकमा आमा बेहोस हुनुभयो, हामीले बुवाको शव व्यवस्थापनको तयारी गर्न नपाउँदै आमा पनि बित्नुभयो ।’ एक साथ दम्पतीकै निधन भएपछि स्थानीयवासीले दुवैको एक साथ अन्त्येष्टि गरेका छन् । मृतक दम्पत्तिका १ छोरा र ४ छोरी छन् ।