Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो

Friday, October 30, 2020 National Power

काठमाण्डौ – कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् ।

विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो। यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनु पर्छ । मास्क प्रयोग गर्न छोडनु हुदैन । हातले नाक, मुख र ऑखा छुनु हुदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनु पर्छ । पोसिलो खानेकुरा खानु पर्छ । माछा, मासु राम्रोसँग पकाएर खानु पर्छ । भीडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नु पर्छ । संक्रमित तथा रुघाखोकी लागेका व्यक्तिहरूको सम्पर्कमा रहनु हुदैन । कोभिड विश्वव्यापी महामारी हो। यसबाट विश्वका अधिकांश देश प्रभावित छन्। त्यसमा पनि नेपालजस्ता विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित भइरहेको अवस्था छ। कोरोना संक्रमितलाई क्वारेन्टाइन, आइसोलेसन र सेल्फ आइसोलेसनका अलावा उपचारका लागि सुविधायुक्त अस्पताललगायतका पूर्वाधार तयार गरिनुपर्छ।
हालसम्म यो भाइरसबाट निको हुने औषधि बनेको छैन।

विश्वका विभिन्न देशले औषधि निर्माण गरेर मानिसमा परीक्षण, अध्ययन गरिरहे पनि विश्व स्वास्थ्य संगठनले कुनै पनि औषधिलाई कोरोना भाइरसको औषधि भनेर मान्यता दिएको छैन । सरकारले मास्क, स्यानिटाइजर, पीपीईलगायत चिकित्सा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ। कोरोना भाइरसका कारण देशको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिकलगायत अन्य धेरै क्षेत्रमा समेत दूरगामी असर परिरहेको छ। अर्थतन्त्र संकुचित भएको छ। स्वदेशी तथा विदेशी लगानी रोकिएका छन्। उद्योगधन्दा धराशायी बन्दै गइरहेका छन्। बेरोजगार समस्या बढदै गइरहेको छ। लाखौ लाख विद्यार्थीहरुको भविष्य अन्योल छ। उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको माग तत्काल सम्बोधन गर्नु पर्ने आबश्यकता देखिएको छ । प्रोत्साहन भत्ता, स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा लागू गरौं ।