Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काजलको विवाह आज, यी व्यक्तिसँग लिँदैछिन् सातफेरो

Friday, October 30, 2020 National Power

एजेन्सी – अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् ।

उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् ।

काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’

गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ । ३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् । जसमा उनको निकै सानो भूमिका थियो ।

सन् २००७ मा पहिलो तेलुगू फिल्म ‘लक्ष्मी कल्याणम’ मा देखिएकी थिइन् । तर त्यसै वर्ष रिलीज भएको फिल्म ‘चंदामामा’ बाट उनले पहिचान पाइन् । सन् २००९ मा आएको तेलुगू फिल्म ‘मगधीरा’ ले उनको करियरलाई उचाईमा पुर्याइदियो । उनले सन् २०११ मा ‘सिंघम’ मा समेत अभिनय गरेकी छिन् ।