Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)

Tuesday, October 20, 2020 National Power

काठमाण्डौ – लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत मनको मैलोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका हुन ।

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ । आफ्ना प्रत्येक भिडियोमा चर्चित नायिका तथा मोडलहरुलाई समावेश गराई भिडियो वजारमा ल्याउने गरेका गायक पोखरेलले यस पटक मोडल रिमा विश्वकर्मासंग जोडी निकै आकर्षक देखिएको छ ।