Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

‘मिस्टर एण्ड मिस टिकटक’ का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

Sunday, October 18, 2020 Devil Singh Rajput

‘मिस्टर एण्ड मिस टिकटक’ का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

चितवन — कार्तिक २, २०७७।

द जिएमआइ एकेडेमीले आयोजना गरेको ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ प्रतिगितामा ग्लोबल अनलाईन पे बाट भोटिङ गर्न सकिने भएको छ ।

नेपाली समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन ।

ग्लोबल अनलाईन पे डट कम (globalonlinepay.com) मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम पाँच भोट देखि अधिकतम पाँच हजार भोटसम्म गर्न सकिने बताइएको छ ।

नेपालभित्र संचालनमा रहेका वालेट र मोबाएल बैंकिङका प्रयोगकर्ता साथै नेपाल बाहिरबाट भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले सजिलैसंग आफ्नो प्रतियोगीलाई भोट गर्न सक्नेछन।

नेपाल बाहिरबाट भने भोट गर्नका लागि भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले आफ्नो संबन्धित बैंक मार्फत अनलाईन पेमेन्ट ट्रान्ज्याकसनको निमित्त आईपिजि / थ्रीडियस (IPG/3DS) सर्भिस एक्टिभेट गर्नुपर्नेछ।

ट्प-२० का लागि शुरु भएको भोटिङ कात्तिक ११ गते शुक्रबार राती १२ बजेसम्म गर्न सकिनेछ । ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ मा हाल टप १०० प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।