Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाईते

Sunday, October 18, 2020 National Power

उदयपुर – उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुङ्गा तर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो ब्रेक फेलभई सडकबाट करिव नौसय मिटर तल खसेको प्रहरीले जनाएको छ । त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षिय रामवहादुर सार्की सोहि ठाउ निवासि २७ वर्षिय कर्ण सार्की, दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार गाडि चालक रुपन्देहि जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर घाइते, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको घाइते र सोहि ठाउ निवासि रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।

#REPORERS NEPAL