Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाईते

Sunday, October 18, 2020 National Power

उदयपुर – उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुङ्गा तर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो ब्रेक फेलभई सडकबाट करिव नौसय मिटर तल खसेको प्रहरीले जनाएको छ । त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षिय रामवहादुर सार्की सोहि ठाउ निवासि २७ वर्षिय कर्ण सार्की, दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार गाडि चालक रुपन्देहि जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर घाइते, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको घाइते र सोहि ठाउ निवासि रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।

#REPORERS NEPAL