Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक

Sunday, October 18, 2020 National Power

काठमाडौं, २ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ४ करोड नजिक पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । संक्रमण फैलदै जाँदा धेरै देशहरुमा मृतकको संख्या बढिरहेको छ ।पछिल्लो तथ्यांक अनुसार हालसम्म ३ करोड ९९ लाख ४५ हजार संक्रमित भइसकेका छन् । जसमध्ये ११ लाख १४ हजारको मृत्यु भएको छ । २ करोड ९८ लाख संक्रमण मुक्त भएका छन् । ८९ लाख सक्रिय संक्रमित संख्या छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८३ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २४ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ७४ लाख संक्रमितमध्ये एक लाख १४ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५३ हजारको मृत्यु भएको छ ।