Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बनेपामा भलिबल प्रतियोगिता हुँदै

Sunday, October 18, 2020 National Power

काभ्रेपलान्चोक – नेपालिहरुको माहान पर्व विजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित देवी देउराली युवा क्लब बनेपा वडा नं ९ मगरगाउँ देउराली डाँडामा प्रथम मगरगाउँ पुरुष भलिबल कप संचालन गरिने भएको छ ।

अहिले विश्वभरि माहामारिको रुपमा फैलि रहेको कोरोना भाइरसको बाबजुद पनि यस युवा क्लबले सामाजिक दुरि कायम गर्दै दशै तिहारमा आफ्नै गाउँ घरमा मनोरञ्जन दिदै भलिबल प्रतियोगिता आयोजना गर्ने लागेको बताइएको छ ।

माहामारिको समयमा यस क्लबले सरकाले जारी गरेको सम्पूर्ण नीति नियम र स्वास्थ सामग्री तथा सामाजिक दुरि कायम गरि भलिबल प्रतियोगिता गर्ने पनि बताइएको छ ।

विजय दशमी २०७७ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा काभ्रे जिल्ला ब्यापी खुल्ला पुरुष आमन्त्रण भलिबल प्रतियोगिता २०७७ यहीँ कार्तिक ३ र ४ गते हुन लागेको हो । स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ यस युवा क्लब द्वारा निम्न समय स्थान मा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।