Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेशले किन गरेनन् अहिलेसम्म विवाह ?

Wednesday, October 14, 2020 National Power

काठमाडौं  – अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् ।

विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै विवाद जोडिएका छन् । म आफ्नो जीवनको एउटा यस्टो विवाद समाप्त पार्न चाहन्छु जुन वर्षौंदेखि चल्दै आएको छ ।’

मुकेश थप्छन्, ‘मैले विवाह किन गरिनँ रु एक जमानामा हरेक पत्रकारको यो निकै प्रिय प्रश्न हुन्थ्यो । म तपाईंलाई भन्न चाहन्छु कि म विवाह विरोधी भने होइन । मानिसहरुले थुप्रै पटक भन्ने गर्नुहुन्छ कि मुकेश खन्नाले भीष्म पितामहको भूमिका गरेका कारण नीजि जीवनमा पनि त्यहि अपनाइरहेका छन्, त्यसैले उनले विवाह गरेनन् । म उहाँहरुलाई भन्न चाहन्छु कि म यति महान छैन र कोही पनि मानिस भीष्म पितामह बन्नै सक्दैनन् । मैले नीजि जीवनमा कुनै भीष्म प्रतिक्षा लिएको छैन तर यो पनि भन्न चाहन्छु कि विवाह नामको इन्स्टिट्युशनलाई मैले भन्दा कसैले पनि सम्मान गर्दैन होला । विवाह भाग्यको कुरा हो । अफेयर लेखिएको हुँदैन ।’

उनी थप्छन्, ‘विवाहको दुई आत्माको मिलन हुन्छ, विवाह माथिबाटै लेखेर आएको हुन्छ । दुई खानदान कमिटेड हुन्छन्, दुई परिवारको जीन्स कमिटेड हुन्छन् । विवाह दुई आत्माको हुन्छ जो २४ घण्टा सँगै बस्छन् । उनीहरु सँगै बस्नुपर्छ र सँगै बस्दा उनीहरुको जीवन परिवर्तन हुन्छ । दुबैको भाग्य ठोक्किन्छ र एक–अर्काको मद्दत पनि गर्छन् । म विवाह हुने लेखिएको छ भने जसरी पनि होला, अब त मेरो लागि कोही पनि केटी जन्मिएकै छैनन् होली । विवाह मेरो नीजि कुरा हो । मेरी कोही श्रीमती छैनन् । मेरो विवाहको विवाद समाप्त गरौं ।’