Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

कोरोना संक्रमित ट्रम्प कारमा सरर

Monday, October 5, 2020 National Power

एजेन्सी- कोरोना भाइरसको संक्रमित भई अस्पतालमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक कारमा देखिएका छन् । उनी अस्पताल बाहिर कारमा मास्कसहित यात्रामा निस्किएको देखिएका हुन् ।

ट्रम्पले कारबाट हात हल्लाएको तस्वीर समेत सार्वजनिक भएको छ । उनी कारगेडसहित अस्पतालबाहिर पुगेका थिए । ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र पुनः वाल्टर रिड मेडिकल सेन्टरस्थित प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्दे दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए । उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताए । उनले भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें ।’ उनले पछिल्लो भोगाईलाई वास्तविक विद्यालय भने । ट्रम्प कारगेडमा निस्कँदा समर्थकहरु खुशी भएका थिए ।