Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

दक्षिण एसियामा भारतनै शान्ती र स्थिरताको बाधक

Monday, October 5, 2020 National Power

काठमाण्डौ – दक्षिण एसियामा भारत नै शान्ती र स्थिरताको बाधक रहेको कुरा पुष्टि गर्ने थुप्रै प्रमाणहरु भेटिएका छन । भारत अंग्रेजहरुको पंजाबाट सन १९४७ मा बिधिवत मुक्त भएपनि भारतका प्रथम प्रधानमन्त्री जवाहराल नेहरु र त्यसपछिका भारतिय शासकहरुको मस्तिष्क भने बिस्तारवादी सोचबाट मुक्त हुन सकेन । भारतिय शासकहरुको यहि सोच र हेपाहा प्रबृत्ति नै दक्षिण एसियामा अशान्तीको प्रमुख कारण रहेको र भारतका थुप्रै कृयाकलापबाट भारतले आफ्ना छिमेकी देशहरुका बिरुद्ध गरेका षड्यन्त्रहरु एक पछि अर्को गर्दै उजागर हुन थालेका छन ।

बिभिन्न छिमेकी देशमा जातिय र धार्मिक आन्तरिक दन्द्ध गराएर त्यस्ता दन्द्ध शान्त पार्न सहयोग गर्ने बहानामा वा सैन्य सहयोग गर्ने बहानामा छिमेकी देश कब्जा गर्ने आन्तरिक रणनीति भारतले बनाएको छ भन्ने कुरा पुष्टि गर्ने थुप्रै आधार प्रमाणहरु रहेका छन । यसै क्रममा भारत स्वतन्त्र भइसकेपछि स्वतन्त्र देश जुनागढमा आन्तरिक बिद्रोह गराउन बिभिन्न गोप्य सुत्रहरु प्रयोग गरी मुसलमान राजा बिरुद्ध बहुसंख्यक हिन्दुवादी नेताहरुलाई उचालेर बिद्रोह गराइयो । बिद्रोह साम्य पार्ने बहानामा भारतले सैन्य सहयोग माग्न गोप्य सन्देश पठाएपनि अन्तिम राजा (नवाब) मुहम्मद महाबत खान्जीले भारतलाई बिश्वास नगरेर जुनागढलाई पाकिस्तानमा गाभ्ने निर्णय गरी सन १९४८ मा पाकिस्तानमा गाभ्ने निर्णय गरे र केही समय पाकिस्तानका प्रशासकले जुनागढको रेखदेख र संचालन पाकिस्तानी भुभागको रुपमा गरे ।

यसैबिच मुसलमान राजाको निर्णय मान्नु हुदैन भनेर मुसलमान राजा बिरुद्ध हिन्दु जनतालाई उचालेर मुम्बइमा राजनीतिक दलको कार्यालय खोल्न दिएर बिद्रोह गर्न लगाएर बिद्रोहीलाई भारतिय सैन्य सहयोग उपलब्ध गराएर षड्यन्त्रपुर्वक जबरजस्ती भारतले जुनागढलाई कब्जा गर्यो । तर हालै नेपालले लिम्पियाधुरालाई नेपाल भित्र पारेर नक्शा जारी गरेपछि जुनागढलाई पाकिस्तानले पनि पाकिस्तानमा गाभेर नक्शा जारी गरेको छ । तर भारतले अवैध रुपमा जुनागढ कब्जा गरेपछि भारतको बिस्तारवादी मनोबल बढ्दै गर्यो । यसैगरी असफ जाही शासनकालका अर्को स्वतन्त्र देश हैदराबादका राजा (निजाम) मिर ओस्मान अली खानका बिरुद्ध बहुसंख्यक हिन्दु जनतालाई बिद्रोह गर्न लगाएर सो बिद्रोहमा गोप्य रुपमा भारतिय सेना मिसाएर पठाए तर सो बिद्रोह दबाउन सैन्य सहयोग माग्न राजालाई लगाएर बिद्रोह दवाउन र मुसलमान राजाको सुरक्षा गर्न गएको भारतिय सेनाले राजालाई नै कब्जामा लिएर हैदरावाद देश नै सन १९४८ मा भारतमा बिलय गरायो ।

त्यसैगरी खुफिया संयन्त्र प्रयोग गरेर सन १९५४ मा हिन्दु राजा हरि सिंहको बिरुद्धमा बहुसंख्यक मुसलमान जनतालाई बिद्रोह गर्न लगाएर सो बिद्रोह साम्य पार्ने बहानामा महाराज हरि सिंहको जिउ ज्यान नै खतरामा पर्ने डर त्रास पैदा गराएर त्रासै त्रासमा राज्य बिलय गर्ने घोषण गरे मात्र सहयोग गर्ने नत्र नगर्ने शर्त भारतले राखेपछि राजा हरिसिंहले बाध्य भएर जम्मु कास्मिरलाई भारतमा बिलय गर्ने घोषणा गरेपनी बहुसंख्यक मुसलमान जनताका नेताहरुले पाकिस्तानको सहयोग मागेपछि कास्मीरको केही भाग पकिस्तानी सेना र केही भाग भारतिय सेनाले कब्जा गरी बसेका छन ।
त्यसैगरी भारतले सन् १९६१ मा पोर्चुगलीबाट तिमीहरुलाई मुक्त गराइ दिन्छौं बिद्रोह गर भनी लोभ देखाएर गोप्य सन्देश भारतले गोवाका नेताहरुलाई पठाएर अर्को स्वतन्त्र देश गोवामा बिद्रोह गराएर सो बिद्रोहीलाई सहयोग गर्ने बहानामा सेना पठाएर अप्रेशन बिजय संचालन गरेर ३६ घण्टा सम्म सैन्य अक्रमण गरेर भारतले गोवामा पनि कब्जा जमायो ।

त्यसपछि भारतले फेरी सिक्किमलाई आफ्नो निशाना बनायो । सिक्किका राजा नाम्ग्याल बिदेशी रानी र सेना प्रमुख लेण्डुप दोर्जेको बिदेशी श्रीमती बिच गोप्य षड्यन्त्रबाट राजा र सेना प्रमुख बिच दन्द्ध सृजना गराएर राजाको बिरुद्धमा जनमत तयार गर्न ब्यापक रुपमा प्रचार प्रसार तिब्र पार्दै पर्चा पम्प्लेट छर्न लगाइयो । राजा फाल्ने दन्द्ध चर्काउँदै लगेर अन्तमा जनमत संग्रहको नाटक रचेर सिक्किमका जंगलमा मतपेटिका साटेर राजा फाल्ने आन्दोलन भएकोमा अंग्रेजी भाषामा लेखिएको प्रस्तावको अर्थ नबुझाई अधिकांश जनप्रतिनिधिबाट सिक्किम भारतमा बिलय गराइएको घोषणा गराईयो ।

त्यसबेला भारतको संविधानको धारा २ए संसोधन गरेर सन १९७५ मा जसरी सिक्किमलाई भारतमा बिलय गरियो त्यसपछि बिस्तरवादी नीतिमा भारत झन अघि बढेको देखिन्छ । तिब्बतलाई चिनमा बिलय गर्दा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले पनि चिनियाँ सेनालाई तिब्बतमा टिकाउन खाद्यान्न चामल सहयोग गर्ने क्रममा नेपाललाई भारतको मातहतमा संचालन गर्न दिन र सो कार्यमा अवरोध नगर्न आग्रह गर्दै तत्कालिन चिनियाँ राष्ट्रपतिलाई लेखेको पत्र अहिले पनि बर्माको लाइब्रेरीमा सुरक्षीत छ, यसबाट पनि नेपाल प्रतिको भारतको शुरु देखीको नियत र नीति प्रष्ट हुन्छ ।

चिनले त्यसबखत भारतको प्रस्ताव नमानेकोले केही नेपाली शासकलाई चिनको हाउगुजी देखाएर प्रलोभनमा पारेर चिनसंगको नाकामा भारतिय सेना राख्न र नेपाल सरकारको क्यबिनेट बैठकमा भारतिय प्रतिनिधी राख्न केही समय भारत सफल भएको थियो तर केही देशप्रमी नेपाली शासकले भारतलाई केही पछाडी धकेन्न खोज्दा हाल सम्म जवाहरलाल नेहरु, इन्दिरा गान्धी, राजीव गान्धी र नरेन्द्र दामोदर दास मोदी प्रधानमन्त्री रहेको समयमा गरी चार पटक अमानबिय ढंगले नेपाल बिरुद्ध नाकाबन्दी गरेर भारतले ८ प्रकारका अन्तराष्ट्रिय कानुन उल्लंघन गरेको छ ।

यसै गरी, भारतले आफ्ना खुफिया संयन्त्र प्रयोग गरेर श्रीलंकामा बिद्रोही तमिल टाइगर समुहलाई बढावा दिएर शान्ती कायम गर्ने बहानामा सेना पठाउने, भुटानमा निरंकुश राजतन्त्र बिरुद्ध नेपाली मुलका गोरखा जातीय आन्दोलन चर्काएर शान्ती कायम गर्ने बहानामा भुटान छिर्ने दाउमा रहेको भारत पछि नेपालीभाषीको एकता कायम भएमा गोरखाल्याण्डलाई बल पुग्ने डरले भित्री घुसपैठ गरी उचालेको लोकतान्त्रीक आन्दोलनलाई पछि दमन गर्न मद्दत गरेको, पाकिस्तानमा बलुच बिद्रोही समुहलाई भारतले खुल्लम खुल्ला सहयोग गरिरहेको, म्यानमार (बर्मा) मा बिद्रोही आराकन आर्मीलाई, अफगानिस्तानमा तालिवानीलाई उचाल्ने र दबाउने खेलमा लागेको पुर्वी पाकिस्तान बिरुद्ध पश्चिम पाकिस्तान अर्थात अहिलेको बंगलादेशका बिद्रोहीलाई सैन्य सहयोग गरेको, माल्दीभ्समा तमिलको सानो समुह पठाएर सो समुहलाई नियन्त्रण गर्ने बहानामा सेना पठाएको, नेपालमा दार्जिलिङको महानदी भन्ने ठाँउमा जन्मिएर सिक्किममा गोप्य तालिम लिएर भारतिय शासकको उक्साहटमा जनजाती बिद्रोह गराउन डा. गोपाल गुरुङलाई परिचालित गरेको (उनले यो तथ्य स्विकार गरेको भिडियो फेला परेको छ) , मधेशी नेतालाई नाकाबन्दी गर्न भारत सरकारका बिशेष दुत तथा बिदेश मामिला सल्लाहकार कर्ण सिंह लगायतका नेताले नेपालका मधेशी नेतासंग गोप्य साँटगाँठ र भेटघाट गरेर तराइमा आन्दोलन र दन्द्ध चर्काउन गराउने खेल भएको (यो तथ्य पुष्टि गर्ने भिडियो फेला परेको छ) र माओवादी बिद्रोहलाई गोप्य रुपमा सहयोग गरेर नेपालमा अशान्ती पैदा गर्दै शान्ती कायम गर्ने बहानामा भारतिय सेना परिचालित गरेर हैदरावादलाई भारतमा बिलय गराए जस्तै नेपाललाई भारतमा बिलय गराउन वा देश टुक्राएर कमजोर पार्दै लगेर अन्तमा भारतमा गाभिन बाध्य पार्ने भारतयि रणनीति रहेको थप पुष्टि गर्ने भारतिय सुरक्षाविद जेडि बक्सीको भिडियो लगायत प्रमाणबाट पोल खुलिसकेको छ ।

यसै कारण भारतले राजा बिरेन्द्रको शान्ती क्षेत्र प्रस्तावलाई कहिले पनि समर्थन गरेन किनकी नेपालमा पनि बिद्रोह गराएर हतियार सहित भारतिय सेना प्रबेश गराउने भारतयि चाहना रहेकोले र हाल सम्म सीमा विवाद समाधान नगरेर भारतले नेपाल छिर्ने ठाँउ सुरक्षीत राखेको जगजाहेर छ । तर नेपाललाई सदस्य बन्न नदिन भारतले बिरोध गरेपनि राजा महेन्द्रले रसियन कम्युनिष्ट भारत पश्चिमबंगालका मुख्य मन्त्री समेत रहेका ज्योती बसुलाई त्यतिबेलाका नेपाली कम्युनिष्ट नेता केशर जंग रायमाझीलाई प्रयोग गरी भारतको इसारामा नेपाललाई सदस्यता नदिन भिटो पावर प्रयोग गरिरहेको सोभिय संघलाई मनाएर नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता दिएकाले मात्र नेपालमा भारतिय सेना सिधै प्रवेश गर्न नमिल्ने भएकाले भारत बहानाको खोजीमा छ । २००७ सालको परिवर्तन पछि राणासंग साँठगाँठ गरेको आरोप लगाउँदै पश्चिम तराईमा भिम दत्त पन्त लगायतका नेताले आन्दोलन जारी राखेपछि त्यतिवेला नेपाली कांग्रेसको नेतृत्वको सरकारले सो आन्दोलन र केहि लुटपाटका घटना दबाउन भनी भारतिय सेना बोलाएको र पछि भारतिय सेना फिर्ता गर्न धौ धौ परेको तथ्यले नेपालको तराइमा भारतले आँखा गाडेकाले त्यसो गरेको भनी अहिले सम्म नयाँ मुलुक भनेर चिनिने बाँके बर्दिया कैलाली र कन्चनपुरमा चर्चा हुने गरेको छ ।

श्रीलंका र माल्दीभ्समा तमिल र तमिलको भगौडा समुह दबाउने बहानामा, पाकिस्तानबाट बंगलादेश अलग गर्ने बहानामा भारतले ती भुभागमा सेना परिचालन गर्न सफल भएपनि ती देशका जनता र नेताले हैदरावाद, सिक्कमि, जुनागढ र कस्मीर बनाउने संकेत पाएपछि तुरुन्तै राष्ट्रिय र अन्तराष्ट्रिय दवाव सृजना गरेर भारतिय सेना फिर्ता गराउन सफल भए र ठुलो दुर्घटनाबाट बचे । नेपालमा धार्मिक र जातिय दन्द्ध गराएर अशान्ती मच्चाएर सेना परिचालित गर्ने ठाँउ भारतले अहिले पनि खेजिरहेको छ, त्यसैले सिमा विवादमा वार्ता नगरेर बिवाद लम्याउने प्रयासमा पनि भारत लागिपरेको देखिन्छ ।

यी त भए भारतको कांग्रेस आई पार्टीले कोरेको मार्गचित्र, अब खाश गरी वर्तमान भारतको वर्तमान सत्तरुढ दल, भारतिय जनता पार्टिको मातृ संगठनको रुपमा रहेको र आन्तरकि रुपमा अमेरकिाले उचाल्ने गरेको इस्कोनसंग आन्तरिक गठबन्धन रहेको भनिएको हिन्दु अतिवादी संगठन जस्लाई पाकिस्तानी अतिवादी मुस्लिम संगठनहरुसंग जुध्न आन्तरिक रुपमा अमेरकिाले हिन्दु राष्ट्रवादी संगठन भनेर परिभाषित गरेको राष्ट्रिय स्वयं सेवक संघ (आर.एस.एस.) ले सन १९४९ मा दक्षिण एसियाका नेपाल, भुटान, पाकिस्तान, तिब्बत, श्रीलंका, मालदीभ्स, अफगानिस्तान, म्यानमार (बर्मा) लगाएतका देशलाई जसरी हुन्छ भारतमा बिलय गराएर अखण्ड भारत बनाउने भनी तयार गरेको र यी देश गाभिएको अखण्ड भारतको नक्शा अनुसारको लक्ष तर्फ उन्मुख देखिन्छ ।

यी देशहरुमा दन्द्ध र अशान्ती गराउन सकेकमा सैन्य हस्तक्षेप गर्न सजिलो बाटो खुल्ने भएकाले दन्द्धलाई समर्थन र सहयोग गर्ने क्रम भारतले जारी राखेकाले छिमेकी देशको आन्तरीक मामिलामा हस्तक्षेप गर्ने भारतिय प्रबृत्ति दक्षिण एसियामा अशान्तीको मुख्य जरो नै यहि हो । पछिल्लो दिनमा दलाई लामालाई भारतको धर्मशाला भन्ने ठाँउमा शरण दिएर तिब्बती शरणर्थीलाई चिन बिरुद्ध प्रयोग गर्न स्पेशल फ्रन्टीयर फोर्स अन्तर्गत बिकास बटालियनमा केही तिब्बती मुलका र केही नेपालीमुलका जवानलाई तिब्बत नजिक खटाएर तिनलाई चिढाउने काम पनि भारतले गरिरहेको छ । यस नीतिलाई भारतले परित्याग गर्न भारतमा ठुलो राजनैतिक परिवर्तन वा भारतमाथी सबै छिमेकीले संयुक्त रुपमा ठुलो दवाव कायम नगर्दा सम्म गाह्रो देखिन्छ किनकी अधिकांश आर.एस.एस.का कार्यकर्ताले भारतिय जनता पार्टीको टिकटबाटै चुनाव जितेर सांसद भएका छन र उनिहरुको कुरा सुन्न वर्तमान भारत सरकार बाध्य छ ।

यस्तो परिस्तीथीमा नेपाललाई कमजोर बनाउन भारतले हाल सम्म खेलेका भुमिका बारे विज्ञहरुको अध्ययन अनुसन्धानलाई शिरोधार्य गर्दै भारतसंग भएका र गरिने सन्धी संझौताहरु पुनरावलोकन गर्दै कमी कमजोरीहरु सच्याउँदै भारतका हरेक गतिवीधिबाट अझै सजग भएर ब्यबहार गर्नु पर्ने देखिन्छ । नेपालले अब अलि फरक ढंगले कुटनीतिक संयन्त्रको निर्माण र परिचालन गर्नु पर्ने अनिवार्य देखिन्छ अनि मात्र नेपाल भारतबाट ठगिन, लुटिन र अपहेलित हुनबाट केही हद सम्म बच्न सक्षम हुनेछ । यसका लागि कुनै लोभ लालचमा नफसेर देश र जनतालाई हृदयमा राखेर काम गर्नु पर्ने देखिन्छ अन्यता देशमा थाहा नपाउने किसिमले भारतिय षड्यन्त्रले फेरी अर्को रुपमा जरो गाड्न सक्छ र देशमा दिर्घकालिन शान्ती र स्थिरता कायम गर्न गाह्रो हुन सक्छ ।् यो स्थिति नेपालका लागि मात्र नभएर भारतका सबै छिमेकीका लागि पनि देखिएकाले नेपालकै पहलमा भारत बाहेकका सबै छिमेकी देशहरुको खुफिया सम्बन्ध, सुरक्षा सुचना आदान प्रदान, पारस्परिक सहयोगको वातावरण बनाउन जरुरी छ । अनि मात्र दक्षिण एसियामा स्थिरता र शान्ती कायम गर्न र भारतलाई स्थिरता र शान्तीको मार्गमा आउन बाध्य पार्न सकिनेछ ।

(लेखकले अन्तराष्ट्रिय सम्बन्ध र आन्तरकि मामिलाका बिषयमा बिगत लामो समय देखि अध्ययन अनुसन्धान गर्दै आइरहनु भएको छ ।)