Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

Sunday, October 4, 2020 National Power

एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीए) को १६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शारजाहमा भएको खेलमा दिल्लीले टस हारेर पहिलो ब्याटिङ गर्दै सिजनको सबैभन्दा ठूलो २ सय २९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटङमा उत्रेको कोलकाताले ८ विकेटको क्षतिमा मात्र २ सय १० रन बनाउन सक्यो ।

जीतसँगै दिल्ली लिगको शीर्ष स्थानमा पुगेको छ । खेलमा ८८ रन बनाएका दिल्लीका कप्तान श्रेयस अय्यर म्यान अफ द म्याच चुनिए । उनले ३८ बलमा ७ चौका र ६ छक्का हिर्काए । त्यस्तै, पृथ्वी शले ४१ बलमा ६६ रनको योगदान दिए भने रिषभ पन्तले ३८ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको कोलकाताका लागि नितिष रानाले सर्वाधिक ५८ रनको योगदान दिए । इयोन मोर्गनले ४४ रन बनाए भने राहुल त्रिपाठीले ३६ रनको बनाए । दिल्लीका लागि एनरिच नोर्तजे ले ३ विकेट तथा हर्षल पटेलले २ विकेट लिए ।

आज मुम्बई र हैदरावाद तथा चेन्नाई र पञ्जाबबीच खेल हुनेछ ।