Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

Sunday, October 4, 2020 National Power

एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीए) को १६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शारजाहमा भएको खेलमा दिल्लीले टस हारेर पहिलो ब्याटिङ गर्दै सिजनको सबैभन्दा ठूलो २ सय २९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटङमा उत्रेको कोलकाताले ८ विकेटको क्षतिमा मात्र २ सय १० रन बनाउन सक्यो ।

जीतसँगै दिल्ली लिगको शीर्ष स्थानमा पुगेको छ । खेलमा ८८ रन बनाएका दिल्लीका कप्तान श्रेयस अय्यर म्यान अफ द म्याच चुनिए । उनले ३८ बलमा ७ चौका र ६ छक्का हिर्काए । त्यस्तै, पृथ्वी शले ४१ बलमा ६६ रनको योगदान दिए भने रिषभ पन्तले ३८ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको कोलकाताका लागि नितिष रानाले सर्वाधिक ५८ रनको योगदान दिए । इयोन मोर्गनले ४४ रन बनाए भने राहुल त्रिपाठीले ३६ रनको बनाए । दिल्लीका लागि एनरिच नोर्तजे ले ३ विकेट तथा हर्षल पटेलले २ विकेट लिए ।

आज मुम्बई र हैदरावाद तथा चेन्नाई र पञ्जाबबीच खेल हुनेछ ।