Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री प्रदान

Saturday, October 3, 2020 National Power

काभ्रेपलान्चोक – ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै मिलाप फाउण्डेसनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्रीकाली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

शैक्षिक सामाग्री वितरणका लागि लाइन्स क्लव अफ काठमाडौं सिञ्चितले सहकार्य गरेको थियो । नेपाली काँग्रेसका नेता गणेश लामा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिर्वसल डेण्टलका संस्थापक राजेन्द्रमान लामा, क्लवका संस्थापक अध्यक्ष गोपाल न्यौपाने, स्कुलका अध्यक्ष टीकाबहादुर केसी, स्कुलका प्राध्यापक रमेशप्रसाद न्यौपाने र समामजसेवी सुभाष न्यौपानेको सहभागीतामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
उक्त अवसरमा स्कुलका एकसय ४० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, सावुन, माक्सलगायतका सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गणेशलामाले काभ्रेको यो पिछडिएको ठाउँमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । अतिथिहरूले अहिलेको यस्तो विषम परिस्थितिमा मिलापले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले बिद्यालयसम्म आएको बताइन् । उनले बिगतमा दिनमा सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताइन् ।