Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पूर्वमन्त्री आलम जोडिएको रौतहट हत्याकाण्डका अभियुक्त पक्राऊ, १६ जनालाई जिउँदै ईट्टाभट्टामा हालेको बयान

Saturday, October 3, 2020 National Power

काठमाडौं- पहिलो संविधानसभा निर्वाचन ताका रौतहटमा भएको हत्याकाण्डका एकजना अभियुक्त पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिकाका ५५ वर्षीय बद्री सहनी हुन् । उनलाई नेपाल भारत सीमाको बौधीमाई नगरपालिका ७ बडकी बंगल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनीमाथि तत्कालिन संविधानसभा निर्वाचनका उम्मेदवार तथा हालका निलम्बित सांसद मोहम्मद आलमको निर्देशनमा बम बिष्फोटबाट घाइते भएकालाई जिउँदै ईट्टाभट्टामा हाल्ने कार्यमा संलग्न भएको आरोप छ । घटनापछि वेपत्ता पिन्टु भनिने त्रिलोकप्रताप सिंहका पिता श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत्रमा बुथ कब्जा गर्ने उद्देश्यले बमको व्यवस्था गरिरहँदा पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बिष्फोट भएपछि मृतक र घाइतेलाई ईंट्टाभट्टामा हालिएको खुलेको थियो । उक्त घटनापछि एक दर्जनभन्दा बढी वेपत्ता भएका छन् ।

रौतहट बमकाण्डः घटनास्थल छाप्रोको प्रमाण एकै रातमा नष्ट, सीडीओ र प्रहरीले आँखा छोपेका थिए

सहनीले आलमको निर्देशनमा मृतक ३ जना र घाइते गरी १६ जनालाई ट्याक्टरमा हालेर ईट्टाभट्टाको मुग्रोमा हालेको बयान दिएको प्रहरीले जनाएको छ । सहनी पक्राउले घटनाको वास्तविकताबारे थप तथ्य उजागर भएको छ ।

अफताबले इट्टा भट्टामा जिउँदै मान्छे हाल्न लगाएको कसरी पुष्टि होला

घटनाका अभियुक्त निलम्बित सांसद अफताव आलम हाल र्पुपक्षका लागि थुनामा छन् । उनले घटना नै नभएको दाबी गर्दै आएका छन् ।