Thursday 16th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

Wednesday, September 30, 2020 National Power

काठमाडौं – सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि २८ रन आवश्यक परेको थियो तर महत्वपूर्ण यो ओभरमा १२ रन मात्रै जोड्न सक्यो ।

दिल्लीको शुरुआत राम्रो थिएन । भुवनेश्वर कुमारले पहिलो ओभरमै ओपनर पृथ्वी शालाई आउट गरे । उनले केवल २ रन मात्र बनाउन सके ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान श्रेयस अय्यरले शिखर धवनका साथ दोस्रो विकेटका लागि ४० रन बटुले । रन बटुल्न संघर्ष गर्दागर्दै उनी आठौं ओभरमा आउट भए । उनलाई राशिद खानले पेभेलियनको बाटो देखाए । अय्यरले २१ बलमा दुई चौकाको मद्दतमा केबल १७ रन बनाए ।

१० ओभरमा दिल्लीले जम्मा ५४ रन बनाउन सकेको थियो । १२ औं ओभरमा राशिद खानले नै शिखर धवनलाई पनि पेभेलियन फर्काए । उनले ३१ बलमा चार चौकाको मद्दतमा ३४ रन बनाए ।

अप्ठ्यारोमा देखिएको दिल्लीको टिमलाई ऋषभ पन्तले सम्हाले । १३ औं ओभरमा उनले अभिषेक शर्माको बलमा दुई छक्का प्रहार गरे । शर्मालाई शिमरान हेटमायरले साथ दिएका थिए । उनले पनि १५ औं ओभरमा खलिल अहमदको बलमा लगातार दुई छक्का प्रहार गरे । यसका साथ दिल्लीले एक सय रन पूरा गर्यो ।

१५ औं ओभरमा दिल्लीको स्कोर ३ विकेटको क्षतिमा १०४ रन थियो । अन्तिम ५ ओभरमा जितकालागि ५९ रन आवश्यक थियो । १६ औं ओभरको पहिलो बलमा हेटमायरलाई भुवनेश्वर कुमारले आउट गरे । हेटमायरले १२ बलमा २१ रन जोडे ।

हेटमायर आउट भएपछि क्रिजमा आएका मार्कस स्टोइनिसले चौकाको साथमा रनको खाता खोले । १७ औं ओभरमा राशिद खानले ऋषभ पन्तलाई आउट गरे । पन्तले २७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३२ रन बटुले । राशिद खानले यस ओभरमा केबल ५ रन बनाए ।

अब दिल्लीलाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो । १८ औं ओभरमा बलर टी नटराजन थिए । ओभरको पहिलो पाँच बलमा केबल सात रन खर्चिएका नटराजनले अन्तिम बलमा स्टोइनिसलाई आउट गरे । स्टोइनिसले केबल ११ रन बनाउन सके ।

अन्तिम दुई ओभरमा दिल्लीलाई अब ३७ रन आवश्यक थियो तर नौ रन मात्र बटुल्न सक्यो । अब अन्तिम ओभरमा जितका लागि २८ रन आवश्यक पर्यो । खलिल अहमदले तेस्रो बलमा अक्षर पटेललाई आउट गरिदिए । पटेलले केबल ५ रन बनाउन सके । दिल्लीले यस ओभरमा केबल १२ रन थप्यो र स्कोर १४७ रनसम्म मात्र पुग्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार पारेको थियो । हैदरावादका कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोले सुरुमा सम्हालिएर खेले । पहिलो पाँच ओभरमा केबल २४ रन बन्यो । बेयरस्टोले अमित मिश्राको बलमा छक्का प्रहार गरे ।

छैटौं ओभरमा एनरिज नोर्जेको बलमा एक छक्का र एक चौका प्रहार गरेर वार्नरले रन बटुल्ने संकेत गरे । यस ओभरमा हैदरावादको स्कोर ५० रन नाघ्यो ।

नवौं ओभरमा वार्नरले एक छक्का प्रहार गरे । तर यसै ओभरको तेस्रो बलमा वार्नर आउट भए । आउट हुनुअघि उनले ३३ बलमा ४५ रन जोडेका थिए । अमित मिश्राले फेरि मनिष पाण्डेलाई कागिसो रबाडाबाट क्याचआउट गराए । पाण्डेले ३ रन मात्र बनाउन सके ।
चौथो नम्बरमा ब्याटिङमा आएका विलियम्सनले १६ औं ओभरमा नोर्जेको बलमा लगातार दुई चौका प्रहार गरे । १७ औं ओभरमा उनले मार्कस स्टोइनिसको बलमा पनि लगातार दुई चौका हाने ।

१८ औं ओभरको पहिलो बलमा बेयरस्टोले दुई रन बटुलेर आफ्नो अर्धशतक पूरा गरे । पाँचौं बलमा भने रबाडाले उनलाई पेभेलियनको बाटो देखाइदिए । ४८ बल सामना गरेका बेयरस्टोले दुई चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । केन विलियम्सनले २० औं ओभरमा ४१ रन बनाएर रबाडाको शिकार बने । २६ बलमा उनले पाँच चौका हाने । अब्दुल समद ७ बलमा १२ रन बनाएर नटआउट रहे ।

दिल्लीका सबैभन्दा कम रन दिने बलर रबाडा रहे । उनले चार ओभरमा केबल २१ रन खर्चिएर दुई विकेट पनि लिए । अमित मिश्राले पनि चार ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिए ।