Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

इरफानको समाधि स्थल फोहोर भएको भन्दै प्रशंसक दुःखी, श्रीमतीले दिइन् यस्तो जवाफ

Tuesday, September 29, 2020 National Power

एजेन्सी-हिन्दी सिनेमाका शानदार अभिनेता इरफान खानको निधन यसै वर्षको अप्रिल महिनामा भएको थियो । उनको निधनबाट उनका प्रशंसक निकै दुःखी भएका थिए । हालै नायक चन्दन रोय सान्यालले उनी गाडिएको स्थानको एउटा फोटो सोसल मिडियामा पोस्ट गरेका थिए । यो फोटो हेर्दा उनी गाडिएको स्थानमा सर–सफाइ नगरिएको जस्तो देखिन्थ्यो । यसमा एक प्रशंसकले इरफानकी श्रीमती सुतपा सिकदरलाई फेसबुकमा मेन्सन गर्दा उनले यसको जवाफ दिएकी छिन् ।

मोनिका मुखर्जी नामकी प्रयोगकर्ताले लेखेकी थिइन्, ‘हालै इरफान भाइ गाडिएको चिहानको एउटा फोटो देखेँ जुन हेर्दा मेरो मन भाँच्चिएको छ किनभने अहिले एक महिना मात्रै त बितेको छ, उनको चिहान असाध्यै फोहोर देखिएको छ । मैले सोचेको थिएँ, तपाईंको ‘रातकी रानी’ नामको रुख रोप्नुभएको होला किनभने उनलाई यो रुख निकै मनपर्दथ्यो । के भयो रु यदि यो फोटो साँचो हो भने लज्जाको विषय हो । यदि तपाईंसँग हालैको फोटो छ भने कृपया त्यो पोस्ट गर्नुहोस् ।’

इरफानकी श्रीमती सुतपा सिकदरले यसको जवाफमा लेखिन्, ‘महिलालाई चिहानमा जाने अनुमती छैन । त्यसैले मैले रात की रानी इगतपुरीमा लगाएको थिएँ जहाँ उनको स्मृति पेटिका पनि लगाइएको छ । त्यहाँ उनका केही मनपर्ने कुराहरु गाडेको छु । त्यो स्थान मेरो आफ्नो हो, जहाँ म कसैको रोकटोक बिना घण्टौं बस्न सक्छु । त्यहाँ उनको आत्मा छ । तर यसको अर्थ यो होइन कि चिहानलाई यत्तिकै छोड्नुपर्छ । तर जहाँसम्म अहिलेको परिस्थितीको कुरा छ वर्षायाममा जंगली घाँस उम्रन्छन् । जुन फोटोको तपाईंले कुरा गरिरहनुभएको छ, त्यसमा मलाई जंगली घाँस निकै मनपर्यो । वर्षा भएपछि बोट बिरुवा त उम्रन्छन् नै, अर्को मौसममा सुक्छन् । त्यसपछि त्यहाँ सफा गर्न सकिन्छ । जसरी परिभाषित गरिएको छ, हरेक कुरा त्यस्तै हुनुपर्छ र रु के थाहा, यहाँ बिरुवा केही उद्देश्यसहित उम्रिएको पनि हुनसक्छ ।’

नायक चन्दन रोय सान्यालले इन्स्टाग्राममा इरफानको चिहानको फोटो सेयर गरेका थिए । उनले यसमा पछिल्लो केही दिनदेखि इरफान खानको यादले सताइरहेको बताउँदै उनी गाडिएको स्थानमा गएको बताए । चन्दनका अनुसार उनी रजनीगन्धा लिएर गएका थिए र सिरानमा राखिदिए । त्यसपछि उनको बोझ थोरै कम भएको उनले बताए ।