Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विश्वभर कोरोना संक्रमणबाट १० लाखको मृत्यु

Monday, September 28, 2020 National Power

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै १० महिना अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको हो । वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म विश्वभर १० लाख २ हजारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । त्यहाँ २ लाख ९ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा १ लाख ४१ हजारको मृत्यु भधएको छ । भारतमा ९५ हजार, रुसमा २० हजार, कोलम्बियामा २५ हजार, पेरुमा ३२ हजार, स्पेनमा ३१ हजार, मेक्सिकोमा ७६ हजार, फ्रान्समा ३१ हजारको मृत्यु भइसकेको छ । नेपालमा ४ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ । तस्वीरः एजेन्सी