Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

विश्वभर कोरोना संक्रमणबाट १० लाखको मृत्यु

Monday, September 28, 2020 National Power

एजेन्सी- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार झण्डै १० महिना अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको हो । वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म विश्वभर १० लाख २ हजारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । त्यहाँ २ लाख ९ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा १ लाख ४१ हजारको मृत्यु भधएको छ । भारतमा ९५ हजार, रुसमा २० हजार, कोलम्बियामा २५ हजार, पेरुमा ३२ हजार, स्पेनमा ३१ हजार, मेक्सिकोमा ७६ हजार, फ्रान्समा ३१ हजारको मृत्यु भइसकेको छ । नेपालमा ४ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ । तस्वीरः एजेन्सी