Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

Sunday, September 27, 2020 National Power

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४०२ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६२८ जना निको भएका छन् । कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ ।

यहाँ २ लाख ६९ हजार ५३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार ८०१ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ । –एएनआई