Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ स्विकारिन्, सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी

Sunday, September 27, 2020 National Power

एजेन्सी -सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । स्रोतका अनुसार सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरे ।

एनसीबीले दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गर्दा दुबैले सन् २०१७ मा अक्टोबरमा ठ्रग्स च्याटको कुरा स्विकार त गरे तर दुबैले सिधा जवाफ नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

यो च्याटमा दुबैले ड्रग्सबारे चर्चा गरिरहेका थिए र क्लब कोकोमा भेट्ने योजना बनाएका थिए । एनसीबीले यसकै लागि सोधपुछ गरेको थियो । उता श्रद्धा कपुर र सारा अली खानसँग एनसीबीको बेलार्ड एस्टेटस्थित अफिसमा सोधपुछ गरिएको थियो ।

स्रोतका अनुसार दीपिकालाई सुरुमा नै उनीमाथि लागेको आरोपबारे प्रश्न सोधिएको थियो । डेटा ब्याकअपका लागि दीपिकाका दुईवटा मोबाइल पनि लिइए । उनलाई यसबारे कोही संदिग्ध वा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनलाई तीन चरणमा सोधपुछ गरिने जसका लागि ३–४ राउन्ड पनि हुनसक्ने जानकारी गराइयो ।

एनबीसी अधिकारीले करन जोहरको पार्टीलाई दिए क्लिच चिटः

सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार विवादमा घेरिएका करन जोहरले राहत पाएका छन् । गत वर्ष उनको घरमा पार्टी भएको थियो । त्यसमा विकी कौशल, दीपिका पादुकोण आदि कलाकारमाथि ड्रग्स लिएको आरोप लागेको थियो । शनिबार बेलुका एनसीबीका अधिकारीले त्यो भिडियोलाई क्लिन चीन दिए । एनबीसी अधिकारी अशोक जैनले उक्त भिडियोको सम्बन्ध यो मुद्दासँग नभएको जानकारी दिँदै यो भिडियोको अनुसन्धान नहुने बताए ।

एनसीबीले भने, ‘ड्रग्स केसमा अहिलेसम्म १८ जना पक्राउ गरिएको छ । शनिबार करिश्मा प्रकाश, सारा अली खान, दीपिका पादुकोण र श्रद्धा कपुरको बयान दर्ता गरियो । क्षितिज प्रसादलाई पक्राउ गरियो । ’