Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सन् २०२० भित्र कोरोनाविरुद्ध ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी

Saturday, September 26, 2020 National Power

काठमाडौं – चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को वर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।’

विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा बताउँदै भने, ‘चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।’

उनले भने, ‘हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौँ । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौँ ।’
गत जुलाईदेखि बन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार स्वयंसेवकमा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दाबी चीनको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले पत्रकार सम्मेलनमा खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताए । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उनको भनाइ छ ।