Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कोभिडको जोखिममा पनि विश्वका लोकतान्त्रिक मुलुकमा आवधिक चुनाव, नेपालमा के होला ?

Friday, September 25, 2020 National Power

काठमाडौं- कोरोना भाइरसको जोखिमको बाबजुद विश्वका कतिपय देशमा आवधिक चुनाव रोकिएको छैन । दक्षिण कोरियाले कोरोनाको उच्च जोखिमकै बखत १५ अप्रिलमा संसदको चुनाव सम्पन्न गर्यो ।

अमेरिकामा राष्ट्रपतिको चुनाव ३ नोभेम्बरमा हुँदैछ । प्रत्येक ४ वर्षमा हुने अमेरिकाको चुनाव नरोकिने निश्चितप्रायः छ । राष्ट्रपति चुनावको माहोल बनिसकेको छ ।

भारतमा पनि चुनाव नरोक्ने सरकारी नीति देखिएको छ । विहार विधानसभाको चुनावको मिति तय भएको छ । भारत सँसारकै सर्वाधिक कोरोना संक्रमित भएको देशको सुचीमा दोस्रो स्थानमा छ । विहारमा पनि संक्रमित संख्या बढ्ने क्रम जारी छ । तर, आवधिक चुनाव नरोकिने भएको छ ।

विहार विधानसभा चुनाव यसै वर्षको २८ अक्टोबर, ३ र ७ नोभेम्बरका लागि तय भएको हो । भारतको निर्वाचन आयोगले आज मिति घोषणा गरेको हो । विहारको १६ जिल्लाको ७१ विधानसभा सदस्यका लागि चुनाव हुन लागेको हो ।

लोकतान्त्रिक मुलुकहरुमा महामारीको बेलामा पनि चुनाव रोकिएको छैन । उनीहरुले लोकतान्त्रिक पद्धति र प्रणालीको निरन्तरतामा जोड दिएर गतिलो सन्देश दिएका छन् ।नेपालमा भने कतिपय चुनावहरु स्थगित हुने र सर्ने क्रम जारी छ । कर्मचारीको आधिकारिक ट्रेड युनीयनको चुनाव सरेको छ । यसमा पनि कोरोना जोखिमलाई कारण देखाइएको छ ।

राजनीतिक दलहरुको महाधिवेशन पनि सरेको छ । नेपाली काँग्रेसले गत वर्ष सम्पन्न गर्नुपर्ने महाधिवेशन एक वर्षका लागि सारेर फागुनमा मिति तोकेको छ । संविधान अनुसार अर्को वर्षको भदौसम्म चुनाव गर्नुपर्ने अवस्था छ । काँग्रेसभित्र फेरि चुनाव सर्ने छाँटकाँट देखिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पनि एकता महाधिवेशन यस वर्षमा गर्ने तय गरेको छ । तर, चुनाव हुनेमा फेरि शंका बढेको छ ।