Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अझै लगातार वर्षा हुने, बाढीपहिरोको उच्च जोखिम

Thursday, September 24, 2020 National Power

काठमाडौं- देशभर दुई दिनयता लगातार वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा पुग्नसक्ने जनाएको छ ।

अर्को ६ घन्टा लगातार वर्षा हुने भन्दै बाढी सूचना केन्द्रले कतिपय क्षेत्रमा शतर्क रहन सूचना जारी गरेको छ । यसअधि आज विहान ९ देखि दिउँसो ३ बजेसम्म वर्षाको पूर्वानुमान गरिएको थियो । आकस्मिक बहाव हुन सक्ने स्थानबारे उल्लेख समेत गरिएको थियो ।

अबको ६ घन्टा गण्डकी प्रदेश र प्रदेश ५ मा शतर्क रहन भनिएको छ । बाढी पूर्वानुमान बुलेटिनमा आज र भोल देशभरका नदीमा बहाब उच्च हुने उल्लेख छ । नारायणजी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाब खतरा आसपास वा माथि हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी र सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र खतराभन्दा माथि हुने पूर्वानुमान छ । तिनाऊ बाणगंगा, पश्चिम राप्ती, बबई नदीका अलावा, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा आकस्मिक बहान हुने सम्भावना उल्लेख गरिएको छ ।