Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दीपिकाकी प्रबन्धकले श्रद्धा कपुरका लागि विशेष ड्रग्सको व्यवस्था गरिदिएको खुलासा

Wednesday, September 23, 2020 National Power

एजेन्सी – नारकोटिक्स कन्ट्रोल ब्यूरोको सोधपुछमा दीपिकाकी प्रबन्धक जया शाहले चकित पारिदिने खुलासा गरेकी छिन् । एजेन्सीको सोधपुछमा अधिकारीले उनको च्याटबारे सवाल जवाफ गर्दा उनले अभिनेत्री श्रद्धा कपुरका लागि सिबिडी ओयल (गाँजाको तेल) को बन्दोबस्त गरिदिएको बताएकी छिन् ।

जयाले श्रद्धाका लागि गाँजाको तेल अनलाइनमार्फत् मगाएकी थिइन् । यस्तै नम्रता शिरोडकरसँगको च्याटको प्रश्नमा जयाले च्याट त उनकै भएको तर आफूलाई यसबारे केही याद नभएको बताएकी छिन् ।

यसबाहेक उनले सुशान्त सिंह, रिया चक्रवर्ती, फिल्म निर्माता मधु मांटेना वर्मा र आफ्नै लागि पनि गाँजाको तेल मगाएको बताएकी छिन् । जयाले लागुऔषध कारोवारीसँग सम्पर्क भएको आरोप अस्विकार गरेकी छिन् । आफूले ड्रग्सको बन्दोबस्त अनलाइनमार्फत् मिलाएको उनले बताएकी छिन् ।

बलिउडमा ड्रग्सको कनेक्सनबारे दैनिक खुलासा भइरहेका छन् । सिबिडी त्यो ड्रग्स हो जुन भारतमा प्रतिबन्ध छ ।

स्रोतः जिन्यूज