कमला जोशी/काठमाण्डौ – कोरोनाको कहरले आक्रान्त भईरहेको अहिलेको समाजमा हरेकको जनजिवन सामान्य र सहज हुन सक्ने अवस्था छैन । अव कसरी बाच्ने कसरी के गर्ने भन्ने विकल्पको खोजीमा हिड्नुपर्ने बाध्यता यतिवेला मान्छेलाई आईपरेको छ । आफ्नो दिनचर्या होस वा कामको शैली होसवा जागिरको प्रकार व्यवसायको प्रकार लगायत याजत कुराहरुकामा परिवर्तन गर्नको लागी मान्छे अर्को बाटो खोजीरहेको बेला छ यतिवेला ।
हुन पनि हो अव जिवन जिउने विभिन्न बाटाहरुको खोजी हामीले गरेनौँ भने जिवन अझै असहजता तिर धकेलिने छ । कोरोना भाईरसले मुलुकको प्राय सबै क्षेत्रहरुमा प्रभावित पारेको छ । चाहे त्यो मनोरञ्जन क्षेत्र होस वा अर्थतन्त्र, विकास निर्माण अथाव त्यो किसान मजदुरका जीविकोपार्जनका सवाल किन नहुन ती नियमित हुन सकिरहेका छैनन । तथापि लकडाउन खुकुलो भएसँगै जनजीवन आंशिकै रुपमा भएपनि नियमितता तर्फ फर्कदैछन । तर पुन. देशमा संक्रमणको दर र मृत्युदर उच्च भइरहेको हुँदा विभिन्न जिल्ला तथा स्थानीय तहहरुमा बन्दाबन्दी एवम निशेधाज्ञा जारी भैइरहेको छ । यसको मतलब पुन मुलुक लकडाउनको अर्काे चरणमा प्रवेश गरिसक्यो भन्ने सोझै अनुमान लगाउन सकिन्छ ।
अव केही सहजता आउन सक्छकी भन्ने आशामा मान्छे बस्दा बस्दै पुन पुरानैलकडाउनको अवस्थामा फर्किसकेको छ । संक्रमण र मृत्युकाण्डले मुलकमा तहल्का मच्चाईरहेको छ । २०७६ सालको चैत्र ११ देखि मुलुकमा भएकोे लकडाउनले सबैभन्दा बढता प्रभावित कला मनोरञ्जन,चलचित्र र शैक्षिक क्षेत्र नै देखिएको छ । स्वभावैले सिनेमा हल मनोरञ्जनका कार्यक्रमहरु र विद्यालय क्षेत्र बढी भिडभाड हुने क्षेत्र हुन । यस मध्य पनि विद्यालय क्षेत्र झन बढी संवेदनशिल क्षेत्र हो । तसर्थ वातावरण सहज नबनुन्जेल सम्म बिद्यालय बन्द गर्न, पठनपाठन, परीक्षा लगाएतका कार्यक्रमहरु नर्गन नगराउन पटकपटक सरकारले उर्दी जारी गरिरहेकै छ ।
अझ त्यो भन्दा बढता त अधिकाशं ठाँउमा क्वारेन्टीन धानेका विद्यालयलाई तत्कालै खुल्ने खुलाउने सम्भावना पनि न्युन छ । विद्यार्थीको पठनपाठनलाई सहजीकरण गर्ने भन्दै नेपाल सरकार शिक्षा मन्त्रालयले पठनपाठन संचालनको लागि शिक्षण सिकाइको वैकल्पिक कार्यबिधि बनायो । वर्षाैँदेखि किताब समाएर कक्षाकोठाको अगाडि उभिएर लेक्चर दिन बानी परेका हामी, पुरै पाठ अभ्याससहित सिकाई दिने, कलमले ठीक बेठीक लगाएर अंक आशा गर्ने बानी परेका विद्यार्थी, दश देखि चार बजेसम्म स्कुल गएपछि बालबालिका हेरालो गर्नबाट फुर्सद पाइने सोच्ने अभिभावकहरुलाइ यो कार्यविधि कागलाई बेल पाक्यो हर्ष न विस्मात भयो ।
नेपाल जस्तो बिाकशिल मुलकमा होला सुचना प्रविधिमा फड्को पक्कै मारेको होला तर शिक्षको हकमा अझै पनि विदेशी शैलीमा ईन्टरनेटका माध्यमबाट शिक्षा दिन सकिन्छ भनेर सम्भव छैन अझै धेरै विद्यालयहरु ईन्टरनेटको पहुँचबाट कोषौँ टाढा छन् । रेडियो टेलिभिजनमा गीत सुन्न समाचार सुन्ने बानी पक्कै परेको छ तर त्यहि रेडियो र टेलिभिजनले आफ्नै पाठ्यपुस्तकको विषयमा सिकाएको कसरी बुझ्नु ?
टीभिमा सिरिएल, कार्टुन, फिल्म हेर्न बानी परेकालाई कतिबेला पठनपाठन प्रसारण हुन्छ र पढाँैला भनेर बानी पार्नु फलामको चिउरा चपाउनु सरह भयो ।
केही सुगम ठाँउका विद्यार्थी शिक्षकहरु जो इन्टरनेटको पहुँचमा छौ, त्यस्तालाई इन्टरनेट कनेक्ट गर्न साथ फेसबुक, म्यासेन्जर, युटुब, इमो, भाइबर आदिमा लाइक कमेन्ट, शेर, म्यासेजको रिप्लाई आदि मै समय गएको पत्तो हुँदैन र कतिबेला पढाई सम्बन्धि कार्यक्रम गर्ने भन्ने समेत समयतालिका गुज्रेको पत्तो हुदँैन ।
उनिहरुमा सुचना तथा सञ्चारमाध्यमको प्रयोग गरि पठन पाठन गर्न सकिन्५ भन्ने बानी पनि हुदैन र क्षेमता पनि हुदैन । मुख्यतः यो महामारीको पिडा सबैमा छ, डर त्रास सबैलाई छ तर त्यो भन्दा बेसी शिक्षक विद्यार्थीलाई छ । एकातिर उनीहरु दैनिक कर्तव्यबाट बिमुख हुँदैछन् भने, नियमित पठनपाठन, परामर्शको अभावमा मानसिक तनाव, उच्च संवेग आदि जस्ता समस्याहरु देखा परेका छन ।
अर्काेतिर धेरै विद्यार्थीहरुको उमेर समुह खेर जाने र पढाइप्रति वितृष्णा पैदा भई पढाई छोड्ने दर बढने देखिएको छ । विशुद्ध शिक्षण पेशा भएका शिक्षकहरुलाई दिन कटाउन झनै मुस्किल भएको छ । विद्यालयहरु यसरी नै बन्द हुने भए विद्याथीहरुको भविष्य अन्योल पर्ने चिन्तामा विभिन्न विद्यालयहरुले मास्क स्यानिटाईजर सबैको व्यवस्था गर्दै सुरक्षाका उपायहरु अयपनाउदै विद्यालय सञ्चालन गर्ने निर्णय पनि गरे कतिपयले अनलाई कक्षाहरु पनि सञ्चालन गरे तर कोरोना कहर झन बढ्दै गएपछि सरकारले सबै विद्यालयहरु बन्द गर्ने आदेह दियो र फेरि विद्यालय जाने तयारीमा रहेका विद्याथीहरुको सपना निरासामा परिणत भयो ।
न विद्यालय खुल्ने र हाजिरी गर्न पाइने न पठनपाठन गर्ने खाली बेरोजगार हल्लिनु भन्दा पुन दुख कष्ट गरेर विद्यालय सम्म पुगेका शिक्षकहरु फेरि निरासहुदै घर फर्किए ।
अव त केही होला भन्दा भन्दा झन माहामारिको अवस्था सम्म आई पुग्यौँ । तीन तहका तीन प्रकारका निर्णय, राज्यका नीति निर्माण गर्ने र लागु गर्ने तहमा रहेका विद्धान वर्गहरुको कारण शिक्षकलाई बदनाम गर्ने काम भैइरहेका छ । राज्यका तीनै तहका सरकारको शिक्षण सिकाई प्रक्रिया संचालन सम्बन्धि अर्कमण्यता, असक्षमता, योजना र भिजनको अभाव, र्निदिष्ट अधिकार लागु गर्न नसक्नु आदि जस्ता समस्याका कारण शिक्षक वर्गमा ठुलो मर्का परेको छ ।
सामाजिक संजालहरुमा दिनहँु देखिने क्रिया प्रतिक्रियाले मुलुकको शिक्षा क्षेत्र र शिक्षण प्रति को दृष्टिकोण छताछुल्ल भएको छ । हुनत नेपालमा विगत केही समयदेखि नै शिक्षा क्षेत्रमा कामगर्ने शिक्षकहरुलाई राज्य तथा विभिन्न निकाय र समुदायस्तरमा पनि हेयको भावनाले हेर्ने गरिन्छ तापनि यो महामारीको विचमा अझ वेसी आलोचना गरिएको छ । शिक्षकले चाहेर पनि केही गर्न सकिरहेका छैनन् । आफ्नो नियमित कर्मबाट कोनै भाग्थ्यो र ? समय परिस्थितीले शिक्षकलाई धरमा बस्न बाध्य गरायो तर यस विषयमा विभिन्न विद्धान तथा बुद्धिजिवीवर्गहरुका विभिन्न मुखवाण्ीहरु आज भोली सामाजिक सञ्जालमा पढ्न पाईन्छन् ।
यी वाण्ीहरु पढ्दा साच्चिकै लाग्छ वाणी प्रस्तुत गर्ने व्यत्तिले नै सिंगो राष्ट्रका शिक्षकहरुलाई भरण पोषण गरिरहेको छ । विभिन्न व्यक्ति पिच्छेका वाण्ीहरु फरक छन् कोही लेख्छन् ” विद्यालय संचालनको विरोध गर्ने शिक्षकलाई विद्यालय संचालनको पक्षमा रहेका शिक्षकलाई भन्दा वालवालिका, नागरिक समाज र देशको माया छ क्यारे ।
यस्तै माया लाग्दा लाग्दै विद्यालय नगएरै एक चौमासिककको तलब भत्ता गोजीमा हालियो क्यारे । यही पाराले अर्काे चौमासिक पनि बुझ्ने बेला आउदै छ । शायद यो पाराले त त्यतिबेला सम्म सरकार पनि कंगाल भैसक्छ होला । शायद त्यतिबेला वालवालिका र सरकारको माया गरेर विद्यालय खोल्नु हुन्न भन्ने शिक्षकले हामीले नपढाएको अवधिको तलब भत्ता नलिएर सरकारलाई सहयोग गछौँ भन्न सकेमा कति महानता झल्किन्थ्यो होला ? (कर्णाली प्रदेश प्रमुख जीत बहादुर शाह) यसैगरी श्रीमन्त भट्टराईले सामाजिक संजालमा लेखेका छन– सरकारी मास्टर (अधिकांश) लाई पढाउनु नै छैन, घरमै बसेर तलब आएकै छ ।
नीजिका अभिभावक (अधिकांश) अभावमा छन रे, शुल्क तिर्न सक्दैनन रे । बालबालिका (अधिकांश) घरमै रमाइहरेका छन् । अब कसका लागि विद्यालय खोल्नुपर्याे ? यो वर्ष विद्यालय नखोलौँ केहीले घरमै पनि पढिरहेका छन् । अधिकांस विद्यार्थी, अभिभावकलाई अंक चाहिएको छ, डिग्री चाहिएको छ । वर्षको अन्त्यमा सिधै अंंक दिए हुदैन ?
फेसबुकमा रमेश गुँरागाई नाम गरेका व्यक्ति लेख्छन– सरकारी स्कुलका शिक्षकहरुलाई अहिले ससुरालीमा बसेर भुँडीमा बोसो जमेको जस्तो अवस्था छ ।
मिठो खानेकुरा श्रम मेहनत र पसिना नकाडेरै भुँडी पल्टाएर, खुट्टा हल्लाएर पाएपछि कसले मेहनत गरोस ? बिना श्रम राज्यको ढुकुटी रित्याउन पाईदैन ।
शिक्षा मन्त्रालय विरुद्ध मुद्दा हाल्नुपर्छ । यो सरकारी शिक्षकहरुलाई के को र किन तलब दिइदैछ ? विद्यालयहरु खोल्न हुदैन भनेर आवाज उठाउन ? वा नीजि विद्यालयहरुको विरोध गर्न ? यदि सरकार सबै जनताप्रति चिन्तित छ भने सरकारी शिक्षकहरुको आधा तलब काटेर नीजिका शिक्षकहरुलाई देओस, हैन भने बिना काम राज्यको ढुकुटीको दोहन गर्न पाइदैन । सरकार सचेत नहुने हो भने या सरकारी शिक्षकहरुले अरु दुई वर्ष विद्यालय खोल्न हुदैन भनेर कराई रहने छन ।
अनेक नाटक गर्नेछन । अनेक नचाहिदो तर्क र तानावाना बुनेर विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेल्ने र आफुलाई विना काम तलब बुझ्ने इमानदार कर्मचारी देखाई रहने छन । समयमै सबैको चेत खुलोस ।
सरकारी विद्यालयका शिक्षकलाई हाइसन्चो, विद्यालयमा हाजिर नभएरै तलब भुक्तानी, आदि जस्ता शीर्षकमा पत्रपत्रिकाहरुमा समाचार प्रकाशन गरिए । यी त केही प्रतिनिधिमुलक टिप्पणीहरु मात्रै हुन । यसरी संचार माध्यमहरुमा राज्यका उपल्लो तहका कर्मचारी, व्यापारी, सामाजिक कार्यकर्ता, संचारकर्मी हुदै आफुलाई बौद्धिक व्यक्ति भन्न समेत रुचाउनेहरुले शिक्षक तर्फ आँैला तेस्र्याएर गरेका टीप्पणीहरु देख्दा आफुतिर फर्केका चार औँलाहरु सम्झाउन बाहेक केही सत्तोसराप गर्न मन लागेन ।
पक्कै पनि कसैले विना परिश्रम राज्यको ढुकुटी दोहन गर्न उसको नैतिकताले दिदैन । झन्डै चार महिना मुलुकमा लकडाउन भयो, स्वास्थ्य तथा सुरक्षा निकायका कर्मचारी बाहेक कोहीले कार्यालय जानुपरेन तापनि तलब भत्ता खाएकै हुन । के उनीहरुले सरकारलाई विना परिश्रमको पैसा फिर्ता लैजाउ भने त? बरु शिक्षकले नै हो विभिन्न विद्यालयमा क्वारेन्टीन निर्माण र व्यवस्थापनमा स्थानीय सरकारलाई सघाएको तर केही परिस्थितिमा अल्झिएका शिक्षकलाई देखाउदै कुर्तक गर्दै सिगों शिक्षकको बदनाम गर्ने ?
विद्यालयबाट क्वारेन्टीनहरु हटाएर निर्मलीकरण गरेर विद्यालय संचालन गर्ने वातावरण निमार्ण गरौँ, बाहिरी जिल्लाका शिक्षकहरुलाई विद्यालयसम्म पुग्ने वातावरण निर्माण गरौँ, विद्यालय, समुदायको अवस्थाको मूल्याङ्कन गरि पठनपाठन
क्रियाकलाप संचालन गरौ । सम्बन्धित निकायले त्यो वातावरण निमार्ण गरोस अनिमात्रै शिक्षकको आलोचना गर्नेमा तुक हुन्छ । अन्यथा बेतुकका समाचार, स्टाटस लेखेर कसैको बदनाम गर्ने छुट कसैलाई छैन ।
वास्तवमा होला केही शिक्षकहरुको मनसाय पनि होला यस्ता टिप्पणी गरेजस्तै सोचाइ र विचार, गलत नियत भएका जो कोहीलाई पनि कसैले पक्षपोषण गर्न हुदैन तथापि केही गलत प्रवृतिलाई देखाउदै सिगों संगठनलाई आलोचना गर्दा के शिक्षा क्षेत्रको साख बच्लार ? एकपटक विद्धान वर्गले सोचौँ न ।
हामी सबै लागौँ सुरक्षित भएर कसरी विद्यार्थीको पठनपाठन संचालन गर्ने, ती बिधि के हुन राज्यलाई सुझाव दिऔं, राज्यलाई घचघच्याउँ तर राज्य भन्दा माथि भएर म नै राज्य हँु भन्ने सोचेर विना तुकका अर्ति उपदेश नदिऔँ राज्यले दिएको आ आफ्नो जिम्मेवारी के छ त्यसैमा लागौँ ।
शिक्षकले स्कुल नखोलौँ भनेर भनेको कतै सुनिएको छैन । शिक्षकले बसेर खायो यसरी खायो उसरी आयो भन्दै विभिन्न सामाजिक सञ्जालहरुमा टिका टिप्पणी नगरौं । विद्याथीहरु जसरी भविष्यको चिन्तामा परेका छ शिक्षकहरु पनि चिन्तामा परेका छन् । उनिहरुलाई अहिलेको परिस्थितीमा संयमता अपनाउन र धैर्यधारण गर्न प्रोत्साहन गर्न जरुरी छ । शिक्षक यस्तो शिक्षक उस्तो भरेर झनै फ्रष्टेसनको शिकार बनाउने हक कसैलाई छैन ।
अहिलेको परिस्थीको जिम्मेवार र विद्यालय बन्नुको जिम्मेवार शिक्षक कदापी होईन र बसेर तलव भत्ता खानुले देशमा हरिकंगाल आउदैन । चाहे त्यो क्षिक्षक होस वा अन्य कुनै व्यक्ति उसको सेवा सुविधा कटौती गर्ने अधिकार सरकारलाई पनि छैन । स्वइच्छाले परिस्थीतको सामना गर्नमा मदत पुर्याउने वा नपुर्याउने त्यो शिक्षकको मनस्थितीमा भर पर्छ तर सामाजिक रुपमै बहिस्कृत तरिकाले खानुहुदैन भन्ने हक कसैलाई छैन । बरु सामाजिक बन्ने ईच्छानै भए अवको परिस्थीती संग कसरी लडेर विद्यालय सञ्चालन गर्नको लागी सहज वातावरण बनाउदै शिक्षक विद्याथीको नियमित जनजिवनलाई कसरी सुचारु गर्ने भन्ने तर्फ सबैले ध्यान दिन जरुरी छ ।
पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाबाट साभार