Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

श्रद्धा कपुर र अली खानलाई नारकोटिक्स ब्यूरोले सोधपुछ गर्न सक्ने, रियाले दुबैको नाम लिएको दाबी

Tuesday, September 22, 2020 National Power

एजेन्सी-सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा जोडिएको ड्रग्स केसमा नायिका श्रद्धा कपुर र सारा अली खानलाई यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना छ । मिडिया रिपोर्ट अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुबैजनालाई समन पठाउन सक्नेछ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुटमा श्रद्धा र साराको नाम लिएको बताइन्छ । एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा पक्राउ गरेको थियो । उनी मुम्बईको भायखला जेलमा छिन् ।

ड्रग्स केसमा रियासमेत २० जना पक्राउः

रियाको जमानतको आग्रह दुई पटक खारेज भइसकेको छ । उनले सुशान्तका लागि ड्रग्सको बन्दोबस्त गरिदिने आरोप छ । ड्रग्स केसमा एनसीबीले रिया र उनका भाइ शोविकसमेत हालसम्म २० जनालाई पक्राउ गरेको छ । यसमा सुशान्तका कर्मचारी र लागुऔषध कारोबारी पनि समावेश छन् । सुशान्त केसमा ड्रग्सको कनेक्सनको खुलासा रियाको ह्वाट्सएप च्याट सार्वजनिक भएपछि भएको हो । च्याटमा ड्रग्स खरिद गर्नेबारे कुरा गरिएको थियो ।

रियाले एनसीबीलाई २५ सेलिब्रिटीको नाम बताएको रिपोर्टमा दाबीः

मिडिया रिपोर्टका अनुसार रियाले श्रद्धा र सारासमेत बलिउडका २५ सेलिब्रिटीको नाम एनसीबीलाई बताएकी छिन् । उनीहरुमाथि ड्रग्स लिएको वा ड्रग्सको नेटवर्कसँग जोडिएको आरोप छ ।

सुशान्तकी पूर्व म्यानेजरसँग आज सोधपुछः

नायककी पूर्व म्यानेजर श्रुती मोदी र ट्यालेन्ट म्यानेजर जया साहालाई एनसीबीले आज सोधपुछका