Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बलिउड ड्रग्स कनेक्सनमा दीपिकाको नाम जोडियो

Tuesday, September 22, 2020 National Power

एजेन्सी-एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ ।

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । अर्कोतर्फ एनसीबी टोलीले दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्न सक्ने सम्भावना रहेको छ । सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।