Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

बलिउड ड्रग्स कनेक्सनमा दीपिकाको नाम जोडियो

Tuesday, September 22, 2020 National Power

एजेन्सी-एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ ।

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । अर्कोतर्फ एनसीबी टोलीले दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्न सक्ने सम्भावना रहेको छ । सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।