Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

सरकार सडक बाटै भोकको विष्फोट हुदैछ !

Monday, September 21, 2020 National Power

काठमाण्डौ – कम्तीमा बेलुकी ल्याएर गोठमा हुल्ने थारा गाई गोरुहरुलाई समेत विहानीपख लिएर चरनको लागी हरियाली डाँडाकाडामा पेट भर्नको लागी छोडेर आईन्छ । तर मान्छेको अथवा भनौं नेपाली जनताको त त्यो भन्दा पनि दुर्गती भएको छ । न चर्न जानै पाउँछ न त सरकारले घाँस काटेर गोठमै पुर्याउछ ।

काम काज विहिन हुँदै विस्तारै अव त दिमाग विहिनै हुने वेला आयो तर सरकार भने आफ्नै भरण पोषणमा मात्रै व्यस्त छ । यति लामो समय सम्म गोठमा भोकभोकै हुलेका गाई गोरुझै जनतालाई हुल्दैमा कोरोना मुक्तहुने भए विगत ६ महिना देखी गोठमै त छन् सरकार किन गएन कारोना ? किन फैलियो भुसको आगो झै दिनका दिन ? लकडाउन र त्यसपछिको निषेधाज्ञाले विषेश गरि शहरी भेगमा भोकमरीको खतरा बढेको छ । दैनिक ज्यालादारी गर्नेहरु मारमा परेका छन् ।

कोठाभाडामा बस्नेहरु न त भाडा तिर्न सक्ने अवस्थामा छन् न त दुई छाक टार्न सक्ने अवस्थामा छन् । साच्किै सम्झिंदा विरक्त लागेर आउँछ । हाम्रो देशमा पनि सरकार छ र भन्न मन लाग्छ ? कस्तो खाले सरकार हो कस्तो किसिमको रणनिती हो खै ? जनताको रुवावासी चलेको कहिले देख्ने हो अव सडकमै उत्रिनुपर्ने हो की ? सहरमा जति पनि मान्छे भेट्यो हरेकको एउटै प्रश्न रहेको छ ।

अव के गर्ने, के खाने, कसरी बाँच्ने, रोगले भन्दा भोकले मरिने भयो , न त जवाफ दिन सकिन्छ नत समस्या समाधान गर्न सकिन्छ । काम गरेर खान्छु भन्दा पनि नदिने सरकार केही राहत दे न त भन्दा पनि नदिने सरकार मरे मर तर घर भित्रै बस मात्रै यतिको नारा छ सरकार संग ।  रत्न पार्कको खुल्ला सडकमा थुचुक्क बसेर निन्यारो अनुहार लगाएर लस्करै बसेकाहरु, गौरीघाट किनारामा चर्को घाममा एक गाँस पाईन्छ की भन्दै कुरी रहनेहरुलाई सरकार भन्ने कस्तो हुन्छ र के गर्छ भन्ने पनि थाहा छैन । खै काहाँ छ सरकार भन्छन् एक पटक सडकमा आएर त हेर सरकार जनताको वेहाल भएको छ ।

लाखांै जनता मरेका देशहरुमा पनि जनता बन्दी भएका छैनन् । तर नेपालमा महिनौ महिना घरमै बन्दी बन्नुपर्दा जेल भन्दा चर्को यातना भोग्नुपरेको छ । रोजगार, कलकारखाना, विद्यालय, सिनेमाहल, कार्यक्रम, व्यापार, व्यसाय चौपट हुँदा घरमा बस्ने बालबालिका देखी गृहणी सम्म सबै बहुलाउन थालेका छन् ।

काममा समय व्यतित गरेर थोरै समय घरलाई दिंदा जति सुमधुर सम्बन्ध हुन्थ्यो २४ घण्टा घरमै बस्दा र हातमुख जोर्ने अवस्था नहुँदा पारिवारिक कलह र मनमुटावले चर्को रुप लिदै भयानक घटनाहरु निम्तीन थालेका छन् । जति मान्छे कोरोनाले मरे त्यो भन्दा सयौं गुणा बढी मान्छे आत्महत्या गरेर मरेको तथ्यांक पनि सरकारले नै निकालेको हो । यस्तो भयावह रुप लिँदा पनि कानमा तेल हालेर बस्ने ? आफ्नो मात्रै डर होकी जनताको पनि चिन्ता छ ?
यातायात व्यवसायीहरुले लाखांैको नोक्सानी भोगेका छन् कैयौं बसगाडीका चालक सहचालकहरुले रोजगारी गुमाए, ट्राभल एजेन्सीहरु टाट पल्टिए, होटेल व्यवसाय र सिनेमाहलका लगानीकर्ताहरु ऋणको भारिमा फसे, करोडौको बैँकको ऋणहरु लिएर सिनेमा बनाउने सिनेमाकर्मीहरु सडकमै आए, निजी शैक्षिक संस्थामा कार्यरत लाखौं शिक्षकहरुले रोजगारी गुमाए ।

पर्यटन व्यवसायीहरु पुर्पुरोमा हात राख्दै बेचैनको निन्द्रामा छन् । विभिन्न कलकारखाना, उद्योग धन्दाहरुमा कार्यरत मजदुरहरुले रोजगारी गुमाए । सानो देखी ठुलो ओहदाका मान्छेहरु डुवेका छन् । तर सबै भन्दा मारमा निम्न वर्गका परेको छ ।

उसले खानकै लागी लडाई गर्नु परेको छ । घरको आय स्थिती डामाडोल हुदा मानसिक रुपमै रोगी हुन थालेका छन् । सामाजिक सुरक्षालाई ध्यानमा राखेर सरकारले नयाँ विकल्प खोज्नै पर्छ अव । होईन भने जनता अव आफै सडकमा उत्रिने छन् । जनताले उत्रिनुपरेपछि के के सम्म हुन्छ यो सरकारलाई थाहै होला । यत्तिका महिना जेलमा राखे झै बन्दी बनाउने सरकारले विकल्प सोच्नुपर्दैन? सत्ताको खेलमै मात्र रुमल्लीने होईन अव अर्को विकल्प नसोचेर सुखै छैन ।

कोरोना माहामारिको रोकथामका साथै मानसिक रुपमा जनतामा परेको माहामारिको लागी पनि विकल्प खोज्नै पछ । होईन भने यी सडक र गल्लीहरुमा देखीने निरास अनुहारहरुले भोली उग्ररुप लिन सक्छ । अवस्था यति भयावह भइसक्यो कि अव यसले कुनै पनि वेला पनि विष्फोटको रुप लिनसक्छ । समयमै यतातिर पनि सरकारको ध्यान जाओस्

पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाबाट साभार