
काठमाण्डौ – लामो समय देखी नेपाली गीत संगीतको क्षेत्रमा रहेक काम गर्दै आएका गायक तथा संगीतकार सन्जिब कुमार पौडेलले आफ्नै सङ्गीत तथा स्वरमा परदेशीको पीडा समेटिएको यथार्थपरक भावको गीत कैयौं सपना को भिडियो सार्वजनिक गरेका छन् । गीत खगेन्द्र दाहालले रचना गरेका हुन् भने यसको भिडियो गायक र सङ्गीतकार सन्जिब कुमारको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ ।
कैयौं सपना बोकेर बाध्यतावश रोजगारीको लागि परदेशिएका तमाम युवाहरुको कथाव्यथा समेटिएको यस गीतको भिडियो अधिनायकमान शेरचनको छायाङ्कन तथा सम्पादनमा तयार भएको हो। पीडादायी भाव बोकेको यस गीतमा तन परदेशमा भएपनि मन परिवारको सम्झना र देशकै यादमा कल्पिएको कुरा मर्मस्पर्शी ढङ्गमा व्यक्त भएका छन् ।